अर्जेन्टिनाको जितमा खुशी मनाउँदा म्याराडोना अस्वस्थ

सफल खबर संवाददाता

बुधबार, १३ असार २०७५, ११ : ०९
अर्जेन्टिनाको जितमा खुशी मनाउँदा म्याराडोना अस्वस्थ

चितवन । मार्कोस रोजोको गोलसँगै अर्जेन्टिना विश्वकपको नकआउट चरणमा पुग्दा लेजेन्ड डिएगो म्याराडोनाले पनि आफूलाई सम्हाल्न हम्मेहम्मे परेको छ । निकै उत्साहित भएर सेलिब्रेसन गरेका म्याराडोना त्यसपछि अस्वस्थ भएका छन् ।
खेलका क्रममा उनी कहिले असाध्यै खुसी देखिए । सुरुमै लिओनल मेस्सीले उत्कृष्ट गोल गर्दै टिमलाई अग्रता दिलाउँदा म्याराडोनाले पनि मज्जाले खुसी मनाए । पेनाल्टीमार्फत नाइजेरियाले गोल गर्दा उनी निराश बने । तर खेल सकिन अन्तिम केही मिनेट बाँकी छँदा मार्कोस रोहोले विजयी गोल गरे । सो गोलमा निकै उत्साहित भएर सेलिब्रेसन गरेका म्याराडोना त्यसपछि अस्वस्थ भएको बताइएको छ ।
सन् १९८६ को विश्वविजेता खेलाडी म्याराडोनालाई प्रेसरको समस्या छ । अति नै धेरै उत्साहित हुँदा उनको स्वास्थ्यमा समस्या देखिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् । अर्जेन्टिनाका म्याराडोना र ब्राजिलका पेलेलाई फूटबलका बादशाह मानिन्छ ।

प्रतिक्रिया दिनुहोस