आमसञ्चार क्षेत्रको नियमन गर्न स्वायत्त निकायको गठन गर्नुपर्छ : पत्रकार महासंघ

सफल खबर संवाददाता

मंगलबार, १२ असार २०७५, १७ : ४०
आमसञ्चार क्षेत्रको नियमन गर्न स्वायत्त निकायको गठन गर्नुपर्छ : पत्रकार महासंघ

काठमाडौँ । नेपाल पत्रकार महासंघले आमसंचार क्षेत्रलाई नियमन गर्ने स्वायत्त निकायको रुपमा राष्ट्रिय आम संचार प्राधिकरण गठन गर्न सरकारसँग माग गरेको छ ।
नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले राष्ट्रिय समाचार समिति जस्ता सरकारी संचार माधयामलाई पनि नियमन गर्न आवश्यक निकायको व्यवस्था गर्न सरकारको गम्भिर ध्यानाकर्षण गराउनु भयो ।
मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले पछाडि परेका समूदायलाई अघि बढाउने नीतिका साथ आम संचार प्राधिकरण गठन गर्न लागिएको पनि बताउनु भयो ।
महासंघका अध्यक्ष आचार्यले महिला, जनजाति र पीछडिएका क्षेत्रको आम संचारलाई विशेष सहुलियतको व्यवस्था गर्न पनि सरकारको पटक–पटक ध्यानाकर्षण गराइएको पनि बताउनु भयो । नेपाल पत्रकार महासंघले सरकार आफैले आम संचारको अनुगमन गर्ने योजना ल्याउने गरेको भन्दै असन्तुष्टि पनि व्यक्त गर्नुभयो ।  

 

प्रतिक्रिया दिनुहोस