कुनैपनि जातीको स्वतन्त्रतामा आघत पुर्‍याउनु हुँदैन : मन्त्री पण्डित

सफल खबर संवाददाता

मंगलबार, १२ असार २०७५, १७ : ३०
कुनैपनि जातीको स्वतन्त्रतामा आघत पुर्‍याउनु हुँदैन : मन्त्री पण्डित

काठमाडौँ । कुनैपनि जातीको स्वतन्त्रतामा आघत पुर्‍याउन नहुने मन्त्री लालबाबु पण्डीतले बताउनुभएको छ । आदीवासी जनजाती आयोग गठन भएपछि आदीवासी जनजाती राष्ट्रिय प्रतीस्ठानको बिघटन हुन नदिन आदीवासी जनजातीले सरकारको ध्यानाकर्षण गराएका छन् । आदीवासी जनजाती उत्थान राष्ट्रय प्रतीस्ठानले आयोजना गरेको सञ्चालक परीसदको १७ औ बैठकमा बोल्दै  प्रतीस्ठान र आयोगको आआफ्नै महत्तव रहेको हुदा आबस्यक छलफल गरी कदम चल्न आदीवासी जनजातीले सरकारलाई आहवान गरेका छन् ।

यसैै सन्दर्भमा मन्त्री लालबाबु पण्डीतले कुनैपनी जातीले आफनो हक र अधीकारकोनिम्ती रगत बगाएको आफुले हेर्न नचाहेको बताउनुभएको हो ।

कार्यक्रममा बोल्दै उनले आपसी छलफल गरेर निष्कर्स निकाल्ने र संबिधानले आहवान गरेको र आवश्कताले माग गरे अनुसार पुरा हुने भएकाले आसावादी रहन पनि आग्रह गर्नु भएको छ ।
नेपाल बहुजातीय मुलुक भएकाले जातीय सामाजीक सद्भाव कायम भएमा मात्र राष्ट्रिय एकता कायम हुन सक्ने भन्दै मन्त्री पण्डीतले सबै जात जातीले एक अर्कालाइ स्वीकारेर हिड्नुपर्ने बताउनुभएको छ ।

 

प्रतिक्रिया दिनुहोस