तराईमा आर्सेनिक मुक्त शुद्ध पीउने पानीको प्रबन्ध मिलाउने प्रयासमा सरकार : विना मगर

सफल खबर संवाददाता

मंगलबार, १२ असार २०७५, १७ : ०९
तराईमा आर्सेनिक मुक्त शुद्ध पीउने पानीको प्रबन्ध मिलाउने प्रयासमा सरकार  : विना मगर

काठमाडौँ । खानेपानीमन्त्री विना मगरले तराईका जिल्लामा आर्सेनिक मुक्त पीउने पानीको प्रबन्ध मिलाउने प्रयासमा सरकार लागि रहेको बताउनुभएको छ ।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा आफ्नो मन्त्रालय अन्र्तगत विनियोजित बजेटका बारेमा संघिय संसदमा उठेका प्रश्नको जवाफ दिँदै उहाँले समग्र योजनालाई केन्द्रीत गर्दै आर्सेनिक मुक्त पीउने पानीको प्रबन्ध मिलाउन लागि पर्ने बताउनुभएको हो ।
अधिकांश सांसदले तराईका जनताले कहिलेसम्म आरसेनिकमुक्त पानी पिउन पाउछन् भन्ने प्रश्न गरेका थिए । त्यसैगरी सबै नेपालीले शुद्ध पीउने पानीको पहुँच कहिले सम्म पुग्छ भन्ने प्रश्न सोधेका थिए । उहाँले सांसदको जिज्ञासाको ठोस जवाफ नदिई गोलमोटल रुपमा एकिकृत कार्यक्रम मार्फत काम अघि बढाईने बताउनुभयो ।

 

प्रतिक्रिया दिनुहोस