मुम्बईमा प्लास्टिकमा प्रतिबन्ध : पुनमले सोधिन्, ‘यसमा कण्डम पनि पर्छ ?’

एजेन्सी

मंगलबार, १२ असार २०७५, १५ : ५३
मुम्बईमा प्लास्टिकमा प्रतिबन्ध : पुनमले सोधिन्, ‘यसमा कण्डम पनि पर्छ ?’

एजेन्सी । कन्ट्रोभर्सी क्वीन पुनम पाण्डे चर्चामा आउन खुबै जान्दछिन् । मोडलबाट नायिका बनेकी पुनम सामाजिक सञ्जालमा उत्तेजक तस्विर, भिडियो र पोष्ट तथा पब्लिसिटी स्टन्टका लागि चर्चित छिन् ।

पछिल्लो समय हेडलाइन बनिरहेको ‘प्लास्टिक प्रतिबन्ध’ लाई पनि उनले त्यसै गरी प्रयोग गरेकी छिन् । होइन, उनले यस सामाजिक अभियानलाई सहयोगका लागि केही गरेकी होइनन् । बरु, उनको विवादीत प्रश्न यतिबेला हेडलाइन बनिरहेको हो ।

पछिल्लो पटक उनले प्रतिबन्धित प्लास्टिकका वस्तुहरुमा कन्डम पर्छ कि पर्दैन भनेर सोधेकी छिन् । जुन यतिबेला सामाजिक सञ्जालमा चर्चाको विषय बनिरहेको छ । यसअघि प्लास्टिक प्रतिबन्ध गर्ने विषय चर्चामा आएपछि प्लास्टिक सर्जरी गरेकाहरुलाई सडकमा घुम्न नहुने बताएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस