यो निर्वाचनले उम्मेदवार र मतदाता दुवैको परीक्षण हुन्छः खिलराज रेग्मी

सफल खबर संवाददाता

आइतबार, ०४ मंसिर २०७९, १२ : २२
यो निर्वाचनले उम्मेदवार र मतदाता दुवैको परीक्षण हुन्छः खिलराज रेग्मी

काठमाडौं । मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले मतदान गरेका छन् । आइतबार काठमाडौँ महानगरपालिका वडा नम्बर १० मध्यबानेश्वरस्थित सानो गौचरन हाइटमा रहेको मतदान केन्द्रबाट उनले  मतदान गरेका हुन् । 

मतदान पश्चात पूर्वअध्यक्ष रेग्मीले सञ्चारकर्मीसँगको कुराकानीमा उनले निर्वाचनले आम नागरिकलाई राम्रा मान्छे छान्ने अवसर दिएको बताए । उनले अहिले नै राम्रो प्रतिनिधि चयन गरिनुपर्ने भन्दै पछि पछुताउनुको अर्थ नहुने बताए । उनले यो निर्वाचन  उम्मेदवार र मतदाता दुवैको परीक्षण पनि भएको बताए । 

‘यस निर्वाचनले आम नागरिकलाई हाम्रा मान्छे होइन राम्रा मान्छे छान्ने र चुन्ने अवसर दिएकाले मतदान गरेपछि पछुताउनुको कुनै अर्थ हुँदैन । अबको निर्वाचन उम्मेदवार र मतदाता दुवैको परीक्षण पनि हो’, उनले भने ।

प्रतिक्रिया दिनुहोस