बुटवल । रुपन्देहीका पत्रकार एनबी कंडेल (नरबहादुर कंडेल) को मोटरसाइकल दुर्घटना परी निधन भएको छ ।
शुक्रवार साँझ तिलोत्तमा नगरपालिका–२ जानकीनगरस्थित सिद्धार्थ राजमार्गमा बुटवलबाट भैरहवातर्फ जाँदै गरेको लु४४प ८२०१ नम्बरको मोटरसाइकललाई सोही दिशातर्फ जाँदै गरेको लु१क ५२७६ रेडिमिक्स ९सिमेन्ट घोल्ने सवारी० ले ठक्कर दिँदा मोटरसाइकल चालक सवार कंडेलको निधन भएको हो ।
रुपन्देहीको सैनामैना नगरपालिका–१ रानी बगिया निवासी ३५ वर्षीय कंडेलको उपचारको क्रममा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा मृत्यु भएको पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोखरेलले जानकारी दिए ।
रेडिमिक्स (सिमेन्ट घोल्ने) सवारी र चालकलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ । विगत ढेड दशकदेखि पत्रकारितामा आवद्ध कंडेल रुपन्देहीबाट सञ्चालित ग्लोबल आवाज डटकममा सम्पादकको रूपमा आवद्ध थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०३ मंसिर २०७९, ०८ : ०८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सिरहामा छुट्टाछुट्टै दुर्घटनामा २ जनाको मृत्यु
चितवनमा अन्य समयमाभन्दा साँझ बढी दुर्घटना
नवलपुरमा टिपर दुर्घटना हुँदा चालकको मृत्यु, अरु ३ जना घाइते
दाङमा बस दुर्घटना हुँदा १४ जना घाइते
सवारी दुर्घटना : ६ महिनामा एक हजार २३३ जनाको मृत्यु
आफैँले चलाएको ट्याक्टर दुर्घटनामा घाइते भएका वडा सदस्यको निधन