आजदेखि ४ दिनसम्म नेपाली रेल सेवा बन्द

सफल खबर संवाददाता

विहीबार, ०१ मंसिर २०७९, ०७ : ५७
आजदेखि ४ दिनसम्म नेपाली रेल सेवा बन्द

काठमाडौं । जयनगर–कुर्था रेल्वे मार्गमा सञ्चालित नेपाली रेल सेवा बिहीवारदेखि ४ दिनसम्म बन्द हुने भएको छ । 

मंसिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई दृष्टिगत गरी  बिहीवारदेखि मंसिर ४ गते आइतवारसम्म रेल सेवा बन्द रहने नेपाल रेल्वे कम्पनी लिमिटेडले जनाएको छ । 

निर्वाचनलाई लक्षित गरी ७२ घण्टा अघिदेखि भारतीय सीमानाका बन्द हुने भएकाले रेल सेवा समेत बन्द गरिएको नेपाल रेल्वे कम्पनी लिमिटेडका प्रबन्ध सञ्चालक निरञ्जनकुमार झाले जानकारी दिए ।
 
मंसिर ५ गते सोमवारदेखि रेल सेवा नियमित रूपमा सञ्चालन हुने उनले बताए ।

प्रतिक्रिया दिनुहोस