चितवन विषेश

भरतपुर महानगरको नीति तथा कार्यक्रम प्रस्तुत

आइतबार, १० असार २०७५, १५ : ३१
भरतपुर महानगरको नीति तथा कार्यक्रम प्रस्तुत

चितवन । भरतपुर महानगरपालिकाले आर्थिक बर्ष ०७५/०७६ को नीति तथा कार्यक्रममा “हाम्रो प्रतिवद्धता हाम्रो रहर ,सुन्दर र समृद्ध भरतपुर महानगर” भन्ने नाराका साथ अगाडि बढ्ने बताएको छ ।
भरतपुरको क्यान्सर अडेटेरियम हलमा भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले नीति तथा कार्यक्रम प्रस्तुत गर्नु भएको थियो । महानगर प्रमुख दाहालद्वारा प्रस्तुत ८७ बुँदे नीति तथा कार्यक्रममा भरतपुर महानगरपालिकाले भौतिक पुर्वधार विकास, शिक्षा, स्वास्थ्य, आर्थिक, पर्यटन विकासका लक्ष्यहरु प्रस्तुत गरेको छ ।
नीति तथा कार्यक्रममा भरतपुर महानगर भित्र सडक संञ्जाल , पर्यटकीय स्थलको विकास लगाएतका विषयलाई प्रथामिकतामा रखिएको छ ।

 

  • भरतपुर महानगरपालिकाका गौरबका आयोजनका रुपमा लिएका महानगरीय रिङरोड र लिङकरोडहरु यसै महिना भित्र शिलान्यास गरी निमार्ण कार्य अघि बढाईनेछ ।
  •   भरतपुर विमानस्थलको स्तरोन्ती र मेघौली विमानस्थललाई नियमित गरी महानगर र देशका अन्य शहरहरुसँग सिधा सम्पर्कमा जोडने कार्यलाई सम्बन्धित निकायहरुको समन्वयमा अगाडि बढाइने छ ।
  •   महानगरका मुख्य शहरी क्षेत्र ,शहरी क्षेत्र , मिश्रित शहरी क्षेत्र र ग्रामिण क्षेत्रहरुको परिभाष सहित वर्गाीकरण गरी जनसहभागिता र सहलगानीको बैज्ञानिक प्रतिशत लागू गरिने छ । आगामी आ.व देखि १६ मिटर वा सो भन्दा बढी चौडा सडक कायम गरिएमा कालो पत्रे निर्माण तथा मर्मतमा जनसहभागिता अनिवार्य गरिने छैन ।
  •   भरतपुर महानगरपालिका वडा नं. ३ लायन्स चोक स्थित महानगरपालिकाको  आफ्नो स्वामित्वमा रहेको जग्गामा अत्याधुनिक व्यापारिक भवनको निर्माण कार्य आरम्भ गरिने छ । यसबाट महानगरपालिकाको आन्तरिक आयामा उल्लेख्य वृद्धि हुने अपेक्षा गरिएको छ ।

त्यस्तै महानगरको पर्यटन विकास गर्न पर्या पटर्यटनलाई प्रर्वदन गर्दै जाने नीति लिईएको छ । नगरक्षेत्रमा तारे होटलहरुको स्थापना गर्न चाहनेहरुका लागि विशेष सहुलियत प्याकेज उपलब्ध गराईने नीति तथा कार्यक्रममा उल्लेख छ । महानगरपालिको कार्यसम्पादनलाई छिटो छरितो ,पारदर्शी ,गुणस्तरीय र प्रविधिमैत्री बनाउँदै भ्रष्टाचार विरुद्धको शून्य सहनशीलताको नीति अवलम्बन गरि हरेक महिना ‘मेयरसँग नगरबासी’ कार्यक्रम संचालन गरिने बताईएको छ ।

 

प्रतिक्रिया दिनुहोस