काठमाडौं । सामाजिक सञ्जालको दुरुपयोग गरी महिलाको चरित्र हत्या गर्ने एक किशोरलाई प्रहरीले पक्राउ गरेको हो । पीडितको उजुरीको आधारमा सप्तरीको सुरुङ्गा नगरपालिका वडा नम्बर १ बस्ने १९ वर्षीय सुमित कुमार थापालाई प्रहरीले पक्राउ गरेको हो ।
किशोरले फेसबुकमा समिरा शर्मा (बेबी) नामको फेक आईडी बनाई उक्त आईडीको वालमामा पीडितको तस्विरको साथमा अन्य अपरिचित महिलाको अश्लिल तस्विर राखेर पोस्ट गरेर चरित्र हत्या गरेको साइबर ब्युरोले जनाएको छ । अनर्गल, अश्लिल शब्दहरु स्टाटस लेख्नुका साथै पीडितको आफन्तहरुले प्रयोग गर्ने फेसबुकको मेसेन्जरमासमेत अश्लिल म्यासेज पठाएर हरानी दिएपछि पीडितले प्रहरीमा उजुरी दिएकी थिइएन् ।
उनलाई ईलाका प्रहरी कार्यालय भेडिया सप्तरीको सहयोगमा पक्राउ गरेर अनुसन्धान थालिएको छ । काठमाडौं जिल्ला अदालतको सोमबारको आदेशले ७ दिन म्याद थप भई आवश्यक अनुसन्धान कार्य थालिएको ब्युरोका प्रहरी उपरीक्षक भाग्येन्द्र पुरुष ढकालले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २० कार्तिक २०७९, १७ : ०३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चोरीको मोटरसाइकल सहित १८ वर्षीय किशोर पक्राउ