काठमाडौं । पूर्वसभामुख एवम् नेकपा (माओवादी केन्द्र) की नेता ओनसरी घर्तीले आफ्नो एकमात्र एजेण्डा देशको विकास र समृद्धि भएको बताएकी छन् । बुधवार साल्खा महादेवस्थानमा आयोजित साँखु जेसीजको २१औँ शंखरापुर स्मारिका विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै उनले देशको विकास र समृद्धि बाहेक अरु कुनै एजेण्डा आफूहरुसँग नभएको बताएकी हुन् ।
उनले अझै पनि आफूहरूले चाहेजस्तो देश बनाउन नसकिएको उल्लेख गर्दै देशलाई क्रमशः समृद्ध बनाउँदै लाने बताइन् । उनले विगतमा गरिएका सम्पूर्ण कामहरुको पनि जिम्मेवारी लिने बताइन् ।
सत्तारुढ गठबन्धनको तर्फबाट काठमाडौं क्षेत्र नं. २ मा प्रतिनिधि सभा सदस्यको उम्मेदवार समेत रहेकी नेता घर्तीले आफू निर्वाचित भएमा सबै पेसा, व्यवसायका मानिसहरूको हक अधिकारहरुको सुनिश्चित हुने गरी कानुन बनाउने बताइन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०९ कार्तिक २०७९, १२ : २९
लेखकबाट थप