काठमाडौं । नेपालमा पहिलो पटक ओमिक्रोनको नयाँ सवभेरियन्ट एक्सबीबी पुष्टि भएको छ ।
देशका विभिन्न भागहरुबाट साउन २१ देखि असोज २४ सम्म कोभिड–१९ संक्रिमित व्यक्तिहरुबाट संकलित नमुनाको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा छनौट गरी केही नमुनाको जिनोमिक पहिचान गर्दा एक्सबीबी पहिचान भएको हो ।
सो भेरियन्ट हाल विभिन्न देशहरुमा फैलिरहेको र कोभिड–१९ को संक्रमण बढेको देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
मन्त्रालयले दीपावली तथा छठ जस्ता चाडपर्वको समयमा जनघट बढी हुने भएकाले स्वास्थ्य मापदण्ड पालना गर्न आग्रह गरेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०७ कार्तिक २०७९, ०८ : २२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपालमा ओमिक्रोनको नयाँ सब भेरियन्ट ‘जेएन एक’ पुष्टि