काठमाडौं । आइतबार कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा लोकतान्त्रिक बाम–गठबन्धनको संयुक्त भेलाको आयोजना गरिएको छ । उक्त भेलामा सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुको उपस्थिती रहने भएको छ ।
दिउँसो २ बजेबाट वीरेन्द्रनगरको शुभ होटलमा सुरु हुने भेलामा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, पुर्व प्रधानमन्त्री एवं नेकपा ९माओवादी केन्द्र० का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, पूर्वप्रधानमन्त्री एवं नेकपा ९एकीकृत समाजवादी केन्द्र० का अध्यक्ष माधव कुमार नेपालसहित अन्य शीर्षस्थ नेताहरुको उपस्थिति रहने छ ।
नेपाली कांग्रेस प्रदेश कमिटीका प्रवक्ता दमन शाहीले भेलामा कर्णालीका प्रत्येक जिल्लाहरूबाट उम्मेदवार तथा प्रत्येक दलबाट निश्चित नेताहरुको सहभागिता रहने बताए । उनका अनुसार उक्त टोली सुरुमा सुदूरपश्चिमको राजधानी धनगढी पुगेर दिउँसो १ बजे मात्रै वीरेन्द्रनगर आउनेछ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०६ कार्तिक २०७९, ०७ : ५७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कोशीका मुख्य न्यायाधिवक्तालाई कारवाही गर्ने एमाले-माओवादीको चेतावनी
बझाङमा गठबन्धनका ४ दलले लिएनन् उम्मेदवारी फिर्ता
राप्रपाले प्रदेशमा सत्ता गठबन्धनलाई सहयोग नगर्ने
माधव नेपालले अडान नछाड्दा बालुवाटार बैठक अनिर्णीत
बालुवाटारमा सत्ता गठबन्धन बैठक जारी
सत्ता गठबन्धनको साझा न्यूनतम कार्यक्रम आज सार्वजनिक गरिँदै