विस्फोटक पदार्थको ओसारपसारमा रोक

सफल खबर संवाददाता

शनिबार, ०५ कार्तिक २०७९, ११ : ११
विस्फोटक पदार्थको ओसारपसारमा रोक

मोरङ । जिल्ला प्रशासन कार्यालय मोरङले विस्फोटक पदार्थको ओसारपसार, खरिद, बिक्रीमा पूर्णतः रोक लगाएको छ ।

चाडपर्वमा भुइँचम्पा, पटाका, रकेट जस्ता विस्फोटक र ज्वलनशील वस्तु तथा पदार्थको प्रयोगले आगलागी, धनजनमा क्षति हुन सक्ने सम्भावना र वातावरणमा समेत प्रतिकूल असर पर्न सक्ने भएकाले रोक लगाएको प्रमुख जिल्ला अधिकारी काशिराज दाहालले बताए।

उनले कोही कसैबाट गैरकानुनी क्रियाकलाप भए(गरेको पाइएमा प्रचलित कानुनबमोजिम कारबाही हुने बताए। प्रशासनले तिहारमा देउसी, भैलो जस्ता कार्यक्रम राति १० बजेसम्म मात्र सञ्चालन गर्न अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस