दशौँ राष्ट्रिय खेलकुद कर्णालीमा हुने

सफल खबर संवाददाता

विहीबार, ०३ कार्तिक २०७९, १० : ३६
दशौँ राष्ट्रिय खेलकुद कर्णालीमा हुने

काठमाडौं । दशौँ संस्करणको राष्ट्रिय खेलकुद प्रतियोगिता कर्णालीमा आयोजना हुने भएको छ । बुधबार पोखरामा बसेको राष्ट्रिय खेलकुद बोर्ड बैठकले ०८१ मा हुने उक्त राष्ट्रिय खेलकुद आयोजना कर्णालीको राजधानी वीरेन्द्रनगरमा हुने निर्णय गरेको हो ।

कर्णाली खेलकुद परिषदका सदस्य सचिव विश्वामित्र संज्यालका अनुसार कुन महिना हुने भन्ने कुराको टुङ्गो लाग्न बाँकी छ । आयोजना सम्पन्न गर्नका लागि कर्णालीमा निर्माणाधीन प्रदेश गौरवको रङ्गशालाको काम धमाधम भइरहेको छ ।

३० महिनाभित्र सम्पन्न गरिसक्ने लक्ष्य लिइएको आयोजना निर्माणको काम सुरु भएको ठिक एक बर्ष पुगेको छ । गौरवको योजनाको कुल लागत लागि एक अर्ब ५९ करोड ४७ लाख ४७ हजार ६ सय रुपैयाँ रहेको छ ।

रङ्गशाला १० हजार दर्शक अट्ने क्षमताको बनाउने तयारी भइरहेको छ भने भलिबल, बास्केटबल लगायतका खेलहरु खेल्न मिल्नेछ । यस्तै, भिआइपी, ‘वेटिङ रुम, भिआइपी प्याराफिट, मेडिकल वार्ड, रेफ्री, चेन्जिङ र रिफ्रेस रूम, स्वीमिङ पुल, पार्किङ लगायतका संरचनाहरु पनि निर्माण हुनेछन् ।

प्रतिक्रिया दिनुहोस