सरकारले दैनिक ६ अर्ब रुपैया खर्च गर्नुपर्ने

सफल खबर संवाददाता

विहीबार, ०७ असार २०७५, १५ : ५७
सरकारले दैनिक ६ अर्ब रुपैया खर्च गर्नुपर्ने

काठमाडौँ । आर्थिक वर्ष २०७४/०७५ सकिन अब २५ दिन बाकी छदा सरकारले दैनिक ६ अर्ब रुपैया“ खर्च गर्नुपर्ने भएको छ । अघिल्लो सरकारले ल्याएको बजेटको सीमामा संसोधन गर्दै १२ खर्ब ७८ अर्बबाट घटाएर १० खर्ब ४६ अर्बमा सिमित पारेको सरकारले लक्ष्य अनुसार खर्च गर्नलाई २५ दिनमा दैनिक ६ अर्ब खर्च गर्नुपर्ने जनाएको छ ।

कोष तथा लेखा नियन्त्रकको कार्यालयका अनुसार असार ५ गतेसम्म सरकारले ८ खर्ब ७० अर्ब रुपैया“ खर्च गरेको छ । चालुतर्फ ६ खर्ब खर्च भएको छ भने पूजीगतमा १ खर्ब ६६ अर्ब भएको छ । त्यस्तै वित्तीय व्यवस्थामा ७७ अर्ब रुपैया निकासा भएको छ ।  १० खर्ब ४६ अर्ब खर्च गर्ने लक्ष्य लिएको सरकारले ब“ँकी अवधिमा १ खर्ब ७० अर्ब रुपैया“ खर्च गर्नुपर्ने छ । कोष तथा लेखा नियन्त्रकको तथ्यांकमा खर्च भएको देखिएपनि वास्तविकरुपमा खर्चको आकार झनै सानो भएको अधिकारीहरुको भनाइ छ ।
स्थानीय तहमा गएको रकम संघीय सरकारको खातामा खर्च देखिएपनि स्थानीय तहमा खर्च नभएर थन्किएकोले खर्चको सही आकार नदेखिए जनाएको छ  ।

 

प्रतिक्रिया दिनुहोस