दैलेख । दैलेखको गुराँस गाउँपालिकामा करेन्ट लागेर एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा वडा नम्बर ४ की १३ वर्षीया दीपिका नेपाली रहेकी छन् । जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार मामाघर गएकी उनलाई सडकमा लत्रिएको विद्युतको तारबाट करेन्ट लाग्दा मृत्यु भएको हो ।
दैलेखका प्रहरी निरीक्षक पुरुषोत्तम कार्कीका अनुसार गुराँग गाउँपालिका–२ को गयलसेना भन्न्ने ठाउँमा बाटोमा लत्रिएको तारबाट उनलाई करेन्ट लागेको थियो । बालिकाको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल दैलेखमा लगिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०२ कार्तिक २०७९, १३ : ३०
लेखकबाट थप