भरतपुर अस्पतालका नयाँ मेसुलाई जुत्ताको साईज मिल्ला कि नमिल्ला?

सफल खबर संवाददाता

बुधबार, ०६ असार २०७५, १६ : ४६
भरतपुर अस्पतालका नयाँ मेसुलाई जुत्ताको साईज मिल्ला कि नमिल्ला?

चितवन । भरतपुर अस्पतालको नामकरण अहिले देखिएको प्रमुख समस्या हो । भरतपुर अस्पताललाई जिल्ला अस्पताल ,क्षेत्रिय अस्पताल देखि प्रादेशिक अस्पाताल भन्नेहरु धेरै छन् । किनकी अस्पतालले ६ सय शैया भन्दा क्षमतामा सेवा प्रदान गरिरहेको छ । 
चितवन मेडिकल सिटि नभई सेकेको भएपनि देशकै एक प्रमुख मेडिकल हब हो । चितवनमा दुई ठुला सरकारी अस्पताल , भरतपुर अस्पताल ,क्यान्सर अस्पताल छन् भने आखाँ अस्पताल देखि २५ भन्दा धेरै नीजि सुविधान सम्पन्न अस्पताल छन् ।
देशको मध्य भागमा भरतपुर अस्पताल भएकाले पनि सेवाग्राहीको चाप दिनहुँ जस्तो वृद्धि हुदै गईरहेको छ । देशको राजनीतिक परिर्वतनले अस्पतालमा अस्पताल विकास समितिको अध्यक्ष र नयाँ मेसु परिवर्तन भईरहने समस्या पुरानो हो ।

जेठ १८ गते नेपाल सरकारको निर्णय अनुसार नयाँ मेसुको रुपमा डा रबिन खड्काले आफ्नो कार्यभार समालेका छन् । 
भरतपुर अस्पतालको बर्षौ देखिको समस्या धेरै पटक मेसु परिवर्तन भएपनि समस्या भने समधान हुन सकेको छैन । अस्पतालमा वृद्धि हुदै गईरहेको चापले सेवाग्राहीको गुनासो बढ्दै गईरहेको पाईन्छ । जनगुनासोको समधानका लागि अहिलेका मेसुले सबैभन्दा सुरुमा ध्यान पुराउनुपर्ने देखिन्छ । त्यस्तै अस्पतालले लामो समय देखि भाडामा दिएको जग्गा फिर्ता पाउन सकेको छैन् ।

अस्पतालको जग्गा पुरानो मेडिकल कलेज , सिटिईभिटि , भरतपुर आखाँ अस्पतालले उपभोग गर्दै आईरहेका छन् । अस्पताललाई अहिले जग्गा आवश्यक भएपनि आफ्नै जग्गाको स्वमित्व ग्रहण गर्न सकेको छैन् ।
भरतपुर अस्पतालमा १२ बेडको ईर्मेजेन्सी वार्ड संचालन गर्नुपर्ने बाध्यता छ । अस्पतालको कुल बेडको १० प्रतिशत ईर्मेजेन्सी वार्डमा हुनेपर्ने मापदण्ड छ । त्यस्तै अस्पतालको मार्त शिशु वार्डमा बेडको अभावमा भुइँमा राखेर सेवा दिने गरिन्छ ।

भरतपुर अस्पतालको बर्षौ देखिको समस्याको रुपमा रहेको ढल व्यवस्थापन र अस्पतालजन्य फोहर हो । बर्षातको समयमा भरतपुर अस्पतालमा पानी तलाउ हुने गरेको छ । भरतपुर अस्पतालले छिटो छरितो दिन नसकिएको स्वीकार गर्दै आएको छ । अस्पतालमा हाल दैनिक १ हजार देखि १२ सयसम्म ओपिडिमा बिरामीहरु उपचारका लागि आउने गरेका छन् । अस्पतालमा रहेका ६ सय जना कर्मचारीले 

सेवालाई छिटो बनाउ नसकेको बताउदै आईरहेको छ । नेपाल सरकारको १ सय ४७ र अस्पताल विकास समितिका अन्य गरी ६ सय कार्यरत छन् । अस्पतालको ल्याब ,फार्मेसी र रेडियोलोजी विभागले पनि प्रभावकारी सेवा दिन सकेको छैन ।
यस अघिका मेसु डा रुद्र मरासनीले आफ्नो कार्यकालमा अस्पताललाई केहि परिवर्तन गरेपनि महत्वपूर्ण काम गर्न सकेनन् । अस्पतालको मेसुले अस्पतालको सुधारको लागि गर्नुपर्ने केहि चुनौतीपूर्ण कामहरु धेरै छन् । अहिलेका मेसु डा खड्काले आफ्नो कार्यकाल भित्र अस्पतालको निम्ति दृढका साथ अघि बढ्नेमा आशावादी मात्र बन्न सकिन्छ । 

प्रतिक्रिया दिनुहोस