नेपाल र चीनबीच यातायात सञ्जालको विकास गरिने छ : प्रधानमन्त्री ओली

सफल खबर संवाददाता

बुधबार, ०६ असार २०७५, १६ : ४०
नेपाल र चीनबीच यातायात सञ्जालको विकास गरिने छ : प्रधानमन्त्री ओली

बेइजिङ l प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र चीनबीच हिमालयपार रेलमार्गसहित यातायात सञ्जालको तीब्र विकास गरिने बताउनु भएको छ । चीनको छदिने भ्रमणमा रहनु भएका प्रधानमन्त्री ओलीले आज बेइजिङस्थित नेपाली दुतावासले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै हिमालयपार रेलमार्गसहिको यातायात संजाल विकास गरिने बताउनु भएको हो । 
प्रधानमन्त्री ओलीले २१ औं शताब्दीमा ‘कनेक्टिभिटी नै आर्थिक विकासको मेरुदण्ड रहेकाले पूर्वाधारको विकास रेलमार्ग र सडक निकै महत्पूर्ण रहेको धारणा राख्नुभयो । उहाँले नेपालजस्तो भूपरिवेष्ठित देशका लागि रेल र सडक मार्ग निकै महत्वपूर्ण रहेकोले यातायात र सिमापार ट्रान्समिसन लाइनले नेपालकोे व्यापारलाई अन्तर्राष्ट्रिय क्षेत्रमा बिस्तार गर्ने विश्वास व्यक्त गर्नुभयो । प्रधानमन्त्री ओलीले मुलुकभित्रको स्रोत, साधन र छिमेकीको साथ लिएर समृद्ध नेपालको सपना पूरा गरिने बताउनु भयो । 
उहाँले नेपाल बेल्ट एण्ड रोड इनिसियटिभ (बीआरआइ) मा आबद्ध भइसकेको हुँदा अब हिमालयपार कनेक्टिभिटीलाई बलियो बनाएर विश्वको दोस्रो ठूलो अर्थतन्त्र चीनस“ग जोड्ने बताउनु भयो । प्रधानमन्त्री ओलीले यसअघि चीनस“ग गरिएका सन्धि सम्झौताको कार्यान्वयन गर्ने र थप नया“ सम्झौता गर्ने बताउनु भयो ।

कार्यक्रममा बोल्दै लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले नेपालमा लगानीको उचित वातावरण रहेको बताउनु भएको छ । उहाँले नेपालमा लगानीको उचित वातावरण रहेको बताउँदै  विदेशी कम्पनीलाई सहज ढंगले काम गर्न कम्पनी रजिष्टेशनमा निजी जग्गा प्राप्ति र सरकारी जग्गा लिजमा सहज व्यवस्था रहेको जानकारी दिनुभयो । 
नेपाल पर्यटन बोर्डका सीईओ दीपकराज जोशीले चिनिया पर्यटकहरुलाई नेपाल भ्रमणमा आउन निम्ता दिनुभयो । नेपालका विभिन्न पर्यटकीय क्षेत्रबारे जानकारी दिंदै सीईओ जोशीले भिजिट नेपाल २०२० भिजनबारे स्पष्ट पार्नुभयो । उहाँले चिनिया पर्यटकहरुलाई आतिथ्यता प्रदान गर्न नेपाल आतुर रहेको बताउनु भयो । कार्यक्रममा सीसीपीआईटीका अध्यक्ष जियाङ चेन वेईले चिनिया लगानीकर्ताहरुले नेपालमा लगानी गर्नसक्ने सम्भावनाबारे जानकारी गराउनु भएको थियो । 
 

प्रतिक्रिया दिनुहोस