चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई निर्वाचन क्षेत्र परिवर्तन नगर्न अपिल गर्ने निर्णय गरेको छ ।
आज (मंगलबार) बसेको पाँच दलिय गठबन्धन चितवनको बैठकले यस्तो निर्णय गरेको हो । मंसिर ४ मा हुने प्रतिनिधि सभा निर्वाचनमा प्रचण्डले चितवन क्षेत्र नम्बर ३ छोडेर गोरखा २ बाट उठ्ने चर्चा चलिरहेको छ ।
गठबन्धनले प्रचण्ड चितवन छोडेर अन्य जिल्लाबाट उम्मेदवार बन्ने समाचार सुन्नमा आएको भन्दै ध्यानाकर्षण समेत जनाएको छ ।
मुलुकको संविधान, लोकतन्त्र, शान्ति र बिकासका लागि प्रचण्डले निर्वाचन क्षेत्र परिवर्तन गर्नु असान्दर्भिक हुने बैठकको निष्कर्ष छ ।
यस्तै बैठकले असोज २३ गते हुने मनोनयन दर्तालाई प्रभावकारी बनाई निर्वाचनलाई उत्साहप्रद बनाउन गठबन्धनमा आवद्ध दलहरुबाट २-२ जना सदस्य रहने गरी तयारी समिति गठन गर्ने निर्णय पनि गरेको छ ।
पाँच दलिय गठबन्धन चितवनका अध्यक्ष नेपाली कांग्रेसका जिल्ला सभापति राजेश्वर खनालको अध्यक्षमा सम्पन्न बैठकमा माओवादी केन्द्रका जिल्ला संयोजक रामचन्द्र अधिकारी, नेकपा एकीकृत समाजवादीका जिल्ला अध्यक्ष कृष्णराज न्यौपाने लब्ली, राष्ट्रिय जनमोर्चाका बिष्णु पौडेल र जनता समाजवादीका प्रेमराज भुजेललगायत सहभागी थियाे ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १८ असोज २०७९, १७ : ५३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सरकारले एसपीपी सम्झौता गर्नसक्छ : प्रचण्ड
प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको लागि मेची-महाकाली अभियान चलाइनेछ : ‘प्रचण्ड’
छठ पर्वले प्रकृति र मानवबिचको सम्बन्ध जीवन्त तुल्याएको छ : प्रचण्ड
प्रचण्ड र नेकपाका प्रवक्ता प्रकाण्डबीच भेटवार्ता
उपनिर्वाचनको मुख्य एजेन्डा सुशासनलाई बनाउन ‘प्रचण्ड’को निर्देशन
चाडपर्वबाट आपसी एकता र राष्ट्रिय भावना जागृत : प्रचण्ड