संसदमा प्रधानमन्त्री ओली : ‘चीन भ्रमणमा राष्ट्रहीत र स्वाभिमान विपरित कुनै सम्झौता हुँदैन’

सफल खबर संवाददाता

सोमबार, ०४ असार २०७५, १९ : २२
संसदमा प्रधानमन्त्री ओली : ‘चीन भ्रमणमा राष्ट्रहीत र स्वाभिमान विपरित कुनै सम्झौता हुँदैन’

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो चीन भ्रमण नेपालको समृद्धी र चीनसँगको सम्बन्धलाई थप उचाईमा लानका लागि भएको बताएका छन् । संघीय संसदका दुबै सदनलाई संयुक्त संबोधन गर्दै प्रधानमन्त्री ओलीले आफ्नो ५ दिने भ्रमणका क्रममा दुई देशबिच गरिने सबै सम्झौता मुलुकको बृहत्तर हीत र नेपालको स्वाभिमान र अहिलेको प्राथमितालाई ध्यानमा राखेर गरिने विश्वास ब्यक्त दिलाएका छन् ।
उनले चीन सरकारका प्रधानमन्त्री ली खछ्याङको निमन्त्रणमा असार ५ गते बिहान देखि असार १० गतेसम्म भ्रमणमा जान लागेकोबारे संसदलाई जानकारी गराँउदै भने–‘यसपटकको चीन भ्रमणका क्रममा उत्तरदक्षिणका कोरिडरहरु, थप नयाँ कोरिडर, बिआरआई अन्र्तगतका पूर्वाधार, जलबिद्युत आयोजनाहरुमा लगानी, रेल, पुनर्निमार्ण लगायतका विषयमा दुई पक्षबिच हस्ताक्षर हुनेछ ।’
उनले भ्रमणका क्रममा चीनका राष्ट्रपति सि जिन पिङसँग भेटवार्ता, प्रधानमन्त्री लि खछ्याङसँग प्रतिनिधीमण्डल सहित भेटवार्ता हुने, बेइजिङको भ्रमणपछि ल्हासामा भ्रमण हुने र  त्यहाँका नेताहरुसँग पनि भेटवार्ता हुने जानकारी गराएका छन् ।
चीनले वन वेल्ट वन रोडको अवधारणा अघि सारेको भन्दै लगानी, पारस्परिक हीतमा कसरी अगाडि बढ्न सकिन्छ भन्नेमा नेपालले अघिनै सम्झौता गरेको स्मरण गर्दै उनले राष्ट्रिय प्राथमिकतामा रहेको विकासको एजेण्डामा उनीहरुले के कस्तो सहयोग गर्न सक्छन्, के के कुरामा सहकार्य र सहलगानीका काम हुन सक्छ त्यसबारेमा छलफल गर्ने उल्लेख गरे ।

एक चीन नीतिप्रति नेपाल सधै प्रतिबद्ध
प्रधानमन्त्री ओलीले संसदमा संवोधनका क्रममा नेपाल सधै एक चीन नीतिप्रति प्रतिवद्ध रहेको बताएका छन् । उनले नेपाली भूमीको प्रगोग गरी चीनप्रति कुनैपनि अवान्छित गतिबिधी गर्न नदिने स्पष्ट पारेका हुन् । उनले भने–‘चीनका संवेदनशीलताहरु तथा  एक चीन नीतिमा हामी दृढ छौं, नेपालको भूमीबाट चीन विरुद्धका कुनै पनि गतिविधी गर्न दिँदैनौँ । अरु जायज चासोहरु, चिन्ता र सरोकारलाई ध्यान दिने गरेका छौँ ।’
उनले आफ्नो भ्रमणमा राष्ट्रिय नीति र हीतलाई कायम राखेर सम्झौता हुनेछ । चीनसँगको सम्बन्धलाई अझ उचाई दिन र उच्च विश्वास स्थापित आफ्नो भ्रमण केन्द्रीत रहेको उनले बताए ।
उनले चीनले नेपालको सार्वभौमसक्ताको सम्मान गरेको, आफू विकसित नभएको अवस्थामा समेत नेपालको विकास निर्माणमा सहयोग गरेको स्मरण गर्दैै उनले चीन अहिले विश्वस्तरमा प्रभाव भएको र धेरै सवल देश भएको उल्लेख गरे ।
उनले चीन विकसित र क्रयशक्ति ठूलो भएको देश, सहयोग गर्न सक्ने देश रहेको बताए ।
१९५० मा नयाँ चीन स्थापना भएपछि १०५५ मा कुटनीतिक सम्बन्ध स्थापित भएपछि दुई देशको सम्बन्धमा अझै गाढा भएको उल्लेख गर्दै सन् २०१६ मा प्रधानमन्त्रीको हैसियतले आफूले चीन भ्रमण गरेको र त्यतिबेला आफूले रणनीतिक महत्वको सम्झौता गरेको बताए । उनले रेल, क्रस बोर्डर ट्रान्समिटर लाइनको बारेमा सहमझदारी तथा सम्भौता भएको जानकारी गराए ।


बहुमत सहितको स्थायी सरकार : आफ्ना नीतिहरु दृढताका साथ अगाडि बढाँउछौँ
प्रधानमन्त्री ओलीले अहिलेको सरकार बहुमत सहितको स्थायी सरकार बताँउदै आफ्ना नीतिहरु दृढताका साथ अगाडि बढाँउने उल्लेख गरे ।
उनले लोकतान्त्रिक अभ्यासलाई सृदृढ गर्दै यसलाई खँदिलो बनाँउदै लैजाने, तीन तहको सरकार नयाँ प्रणाली भएको र यसको ढाँचा मोटामोटी रुपमा तयार भएर पनि कार्यान्यनमा समस्या भएपनि यसलाई अगाडि बढाँउदै लैजाने बताए ।
उनले सरकारको नारा सुखी नेपाली समृद्ध नेपाल भएको बताँउदै भने–‘नयाँ अभ्यासमा कतिपय कमिहरु पनि रहेका हुनसक्छन् । नयाँ अभ्यास थालनी गर्दा कमीकमजोरी रहँदैनन् भनेर दावा गर्न सकिदैन । कमिकमजोरीलाई देशको हीतमा सच्याँउदै जानेछौँ । हामीले निर्धारण गरेका र व्यक्त भएको प्रतिबद्धता पूरा गर्दै जानेछौँ । समय  खेर फाल्ने अवस्था छैन । ३ बर्षमा एलडिसीबाट अगाडि बढ्नुछ । १२ बर्षभित्र दिगो लक्ष्य पूरा गर्नुपर्ने छ ।’
उनले संविधानले निर्दिष्ट गरेका जनताका मौलिक हकहरु, संविधान कार्यान्वयनमा लागिरहेको उल्लेख गरे ।
भारतीय प्रधानमन्त्री मोदीको नेपाल भ्रमण सफल
प्रधानमन्त्री ओलीले मित्रराष्ट्रँंगको सम्बन्ध आपसी हित र पारस्परिक हीतका बिषयमा अघि बढेको समेत उल्लेख गर्दै गत महिना भएको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमण सफल भएको बताए ।
उनले तराईको डुबानको समस्या हटाउन अध्ययनका लागि अर्को साताबाट तराईमा अध्ययन टोली जाने, सन् १९५० को सन्धी असमान रहेको र त्यसबारे पुनरावलोकनका लागि छलफलका लागि टोली जाँदै गरेको र ४ वटा थप हवाई रुट लिने बिषयमा छलफल भएको र सम्झौता हुने क्रममा रहेको बताए ।
प्रधानमन्त्री ओलीले काठमाडौं वीरगञ्ज रेलमार्गको अध्ययनका लागि भारतका रेल्वे कम्पनीबाट टोली काठमाठौं आएको बताँउदै पछिल्लो समय मुलुकमा पर्यटक बढेको उल्लेख गर्दैै पोखरामा पर्यटक बढेर कोठा पाँउन मुस्किल रहेको समेत उल्लेख गरे ।
                                                                                                                                                                                                                                  

 

प्रतिक्रिया दिनुहोस