काठमाडौं । शहरी विकास मन्त्री मेटमणि चौधरीले दाङको टरिगाउँ विमानस्थल जस्तोसुकै अवस्थामा भएपनि बन्नुपर्ने बताएका छन् । बिहीबार तुलसीपुर उप–महानगरपालिकास्थित विमानस्थलको स्थलगत निरीक्षणका क्रममा मन्त्री चौधरीले यस्तो बताएका हुन् ।
उनले टरिगाउँ विमानस्थल बनाउनको लागि सरकाले पनि कुनै किसिमको अवरोध गर्न नहुने बताए । मन्त्री चौधरीले दाङका नेताहरु मन्त्री हुँदा समेत विमानस्थल बनाउन नसक्दा दुःख लागेको बताए । उनले टरिगाउँ विमानस्थलमा हरेकपटक मन्त्रीहरु आउने प्रतिवद्धता जनाउने तर काम नगरेको आरोप लगाए ।
मन्त्री चौधरीले विमानस्थल निर्माणको लागि तुलसीपुर उपमहानगरपालिकाका मेयर र सम्बन्धित जनप्रतिनिधिहरुले सबै भन्दा बढी चासो राख्नुपर्ने बताए । उनले विमानस्थल बिस्तारको बजेटका लागि आफूहरुले पहल गर्ने र सबैले आ–आफ्नो क्षेत्रबाट महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने उल्लेख गरे ।
मन्त्री चौधरीले अब टरिगाउँ विमानस्थलमा ७२ सिट क्षमताको प्लेन ल्याण्डिङ गर्नेगरी धावनमार्ग निर्माण गरेर चाडै विमानस्थल सञ्चालनमा ल्याउनुपर्ने बताए । उनले अब टेक्नोलोजीको समस्यालाई देखाएर वा बहाना बनाएर विमानस्थल सञ्चालन नहुने विषय सह्य नहुने चेतावनी दिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०६ असोज २०७९, २१ : २२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मेटमणि चौधरीलाई देशद्रोहको मुद्दा लगाउन एमालेको माग
मेटमणि चौधरीले बुझाए स्पष्टीकरण
वर्तमान सरकारको आयु एक महिना पनि छैन : मेटमणि चौधरी