'फिर्के' अमेरिकामारिलिज हुँदै

विहीबार, २८ मंसिर २०७४, १७ : ०६
'फिर्के' अमेरिकामारिलिज हुँदै

चितवन,  २८ मंसीर । नेपाली कथानक चलचित्र फिर्के अमेरिकामा पनि प्रदर्शन हुने भएको छ । पुस २१ गतेबाट नेपालमा रिलिज हुन लागेको ‘फिर्के’ अमेरिकामा पनि प्रदर्शन हुन लागेको हो ।

चलचित्र निर्माण कम्पनी एस।एम।एस। फिल्म्स प्रा।लि। र अमेरिकामा प्रदर्शनका लागि लक्षिन फाउण्डेशनबीच सम्झौता भइसकेको छ ।

‘ईकु’ अर्थात सुलेमान शंकरको प्रस्तुती ‘फिर्के’ अर्पण थापा, सुलेमान शंकर, ऋचा शर्मा, क्रिष्टिना पौडेल, बिष्णु सापकोटा लगायतका कलाकारहरुको अभिनय छ ।

चलचित्रलाई रवि डंगोलले निर्देशन गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस