काठमाडौं । नेपाली कांग्रेसका सांसद मिन विश्वकर्माले बिहीबारका प्रश्नहरु लामो भएकोले दुई वटा मात्र प्रश्नको बयान सकिएको बताए ।
बिहीबार बसेको महाअभियोग सिफारिस समितिमा उनले प्रधानन्यायाधीशले व्यक्त गरेका शब्दहरुमा आपत्ति जनाउनु नहुने बताए । उनले न्याय सम्पादन गर्न नसकेको, भ्रष्टाचारमा मुछिएको, शक्ति सन्तुलन कायम गर्न नसकेको, न्याय सम्पादनका प्रक्रियामा भ्रष्टाचार केन्द्रित भएर गरियो भन्ने अभियोगको बारेमा प्रधानन्यायाधीशसँग बयान लिएको बताए ।
उनले प्रधानन्यायाधीश जबराले बयानका क्रममा समिति र संसदलाई नै प्रश्न गर्ने व्याख्यात्मक शैलीमा गएको बताए । उनले बुधवार बार, न्यायाधीशहरुमाथि आरोप लगाउनुभएको र बिहीबार संसद र सांसदहरुमाथि आरोप लगाउनुभएको स्पष्ट पारे।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १६ भदौ २०७९, १६ : ०६
लेखकबाट थप