महाभियोग सिफारिस समितिले आज पनि चोलेन्द्रसँग सोधपुछ गर्ने

सफल खबर संवाददाता

विहीबार, १६ भदौ २०७९, ०९ : ५१
महाभियोग सिफारिस समितिले आज पनि चोलेन्द्रसँग सोधपुछ गर्ने

काठमाडौँ । महाभियोग सिफारिस समितिले आज पनि निलम्बित प्रधान्यायाधीश चोलेन्द्रशमशेर राणासँग सोधपुछ गर्ने भएको छ। बिहीबार ११ बजे उनलाई महाअभियोग सिफारिस समितिमा बोलाइएको छ।

बुधबार करिब साढे तीन घन्टासम्म महाअभियोग सिफारिस समितिमा उनले आफूविरुद्ध लागेका आरोपहरूको सफाइ पेस गरी निस्किएका थिए।समितिले जबरालाई सोध्न ४३ वटा प्रश्न तयार गरेको थियो तर बुधबार उनले ४ वटा प्रश्नको मात्र जवाफ दिएका थिए। बयानका क्रममा जबराले आफूमाथिको महाभियोग प्रस्ताव नै अवैध रहेको तर्क गरेका थिए।

महाभियोग सिफारिस समितिमा सोधपुछको जवाफ दिने क्रममा उनले महाभियोगका सम्बन्धमा संसदको नियमावलीको नै पालना नभएको बताएका थिए।यस्तै, सांसदहरू आफूभन्दा पछाडिको व्यक्तिलाई प्रधानन्यायाधीश बनाउन खोजेको आरोप पनि लगाएका थिए।

प्रतिक्रिया दिनुहोस