काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सहितका नेतालाई छलफल लागि बोलाएकी छन् ।
अहिले अध्यक्ष प्रचण्डसहितका शिर्षनेताहरु शीतलनिवास जान लागेको प्रचण्डको निजी सचिवालयले जनाएको छ । राष्ट्रपति भण्डारीले नागरिकता विधेयक पुनर्विचार गर्न संसदमा फिर्ता पठाएपछि मुख्य दलहरुसँग छलफल गरिरहेकी छिन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १५ भदौ २०७९, १५ : ०१
लेखकबाट थप