काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयकबारे परामर्श गर्ने क्रममा विभिन्न दलका नेताहरुलाई शीतल निवास बोलाएर छलफल गरिरहेकी छन् । सोही क्रममा भण्डारीले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसहितका पदाधिकारीसँग हिजो साँझ २ घण्टा छलफल गरेकी छन् ।
आइतबार दुई घण्टा भएको छलफल नागरिकता विधेयक र समसामयिक विषयमा केन्द्रित भएको राप्रपा प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । सो क्रममा राष्ट्रपतिलाई देश र जनताको पक्षमा केन्द्रित रहेर निर्णय लिन पार्टीले सुझाव दिएको श्रेष्ठले जानकारी दिए ।
राष्ट्रपतिले नागरिकता विधेयकका विषयमा सबै दलहरूसँग छलफल गर्ने तयारी गरेकी छन् । जसअनुसार सोमबार मात्रै राष्ट्रपतिले काँग्रेस नेताहरुसँग पनि छलफल गरेकी थिइन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १४ भदौ २०७९, १२ : २२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राष्ट्रपति रामचन्द्र पौडेल धरान जाँदै
जनता नै राज्य शक्तिको सम्पूर्ण स्रोत हुन् : राष्ट्रपति पौडेल
राष्ट्रपतिले लिए मन्त्री पौडेल र मेयर आचार्यको स्वास्थ्यबारे जानकारी
अर्थमन्त्री पौडेललाई भेट्न राष्ट्रपति कीर्तिपुर जाँदै
सबै प्रकारका भ्रष्टाचारलाई छानबिनको दायरामा ल्याउनुपर्छ : राष्ट्रपति पौडेल
राष्ट्रपति पौडेलद्वारा वसन्त श्रवण