एन आई सी एशिया बैंकको दुई नयाँ शाखा कञ्चनपुरको बेदकोट र महोत्तरीको सम्सीमा

बुधबार, ३० जेठ २०७५, १९ : ४३
एन आई सी एशिया बैंकको दुई नयाँ शाखा कञ्चनपुरको बेदकोट र महोत्तरीको सम्सीमा

नेपाल सरकार तथा नेपाल राष्ट्र बंैकको सम्पूर्ण स्थानिय निकायहरुमा वाणिज्य बैंकको शाखा कार्यालय स्थापना गर्ने लक्ष्य अनुरुप यस एन आई सी एशिया बैंकले आफ्ना दुई नयाँ शाखा बेदकोट नगरपालिका, वडा नं ५, दैजि, कञ्चनपुरमा स्थापना गरेको बेदकोट शाखा र सम्सी गाँउपालिका, वडा नं ६, महोत्तरीमा स्थापना गरेको सम्सी शाखा आज मिति २०७५ जेष्ठ ३० गते एक समारोहका बिच समुद्घाटन सुसम्पन्न भयो । बेदकोट नगरपालिकाका नगर प्रमुख अशोक कुमार चन्दबाट बेदकोट शाखाको र सम्सी गाँउपालिकाका अध्यक्ष  मो. शेख फारुकबाट सम्सी शाखाको विधिवत् समुद्घाटन सुसम्पन्न भयो ।
बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर २२४ शाखा कार्यालयहरु, २१० एटिएम, १४ वटा एक्स्टेन्सन काउण्टर एवं ९ वटा शाखारहित बैंकिङ्ग मार्फत बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ । बैंकको वासलातको आकार रू १६६ अर्ब भन्दा बढि पुगेको छ भने बैंकको कुलकर्जा करिब रू ११८ अर्ब र कुलनिक्षेप करिब रू १४१ अर्ब पुगिसकेको छ । हालसम्म यस बैंकमा जम्मा ग्राहकको संख्या करिब ११ लाख ५० हजार रहेको छ । यो सँगै वासलात, कुल कर्जा तथा कुल निक्षेपको आकारको हिसाबले यो बैंक निजी लगानीमा स्थापित बैंकहरु मध्ये अग्रणी स्थानमा रहेको छ । साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको छ । बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा संचालन गर्ने योजना अगाडि सारेको छ ।

 

प्रतिक्रिया दिनुहोस