काठमाडौं । नेपाल र केन्याबीचको चौथो टी-२० अन्तर्राष्ट्रिय खेल आज हुँदैछ । खेल नैरोबीस्थित जिमखाना क्रिकेट मैदानमा नेपाली समय अनुसार दिउँसो पौने ४ बजे सुरु हुनेछ ।
शृंखलामा २-१ को अग्रता बनाएको नेपालका लागि शृंखला जित्ने अवसर छ । आजको खेल जितेमा नेपालले एक खेल अगावै शृंखला आफ्नो पक्षमा पार्नेछ । पाँच खेलको टी-२० शृंखलामा नेपालले पहिलो खेल ५ विकेटले जितेको थियो । दोस्रो खेल केन्याले १८ रनले जित्दै शृंखला बराबरी गरेको थियो ।
आइतबार भएको तेस्रो खेल ४ विकेटले जित्दै नेपालले शृंखलामा अग्रता बनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १३ भदौ २०७९, ०९ : ०८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपाल र थाइल्याण्डबीच पर्यटन र संस्कृतिसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर
नेपाल-चीन कूटनीतिक सम्बन्धका ७० वर्ष: सिछुआन-नेपाल व्यापार आदानप्रदान महिना सुरु
सिंगापुरविरूद्ध नेपालको ऐतिहासिक जित
नेपाल र कम्बोडियाबिच सिधा हवाई सेवा सञ्चालनबारे छलफल
महिला टी–२० सिरिजः नेपालको पहिलो जित
ग्रे लिस्टबाट निस्कने नेपालको कार्ययोजना स्वीकृत