आइएमईले १८औं वार्षिकोत्सव मनायो

मंगलबार, २९ जेठ २०७५, १९ : ०२
आइएमईले १८औं वार्षिकोत्सव मनायो

काठमाडौं । आजदेखि आइएमई १७औँ वर्ष पार गरेर १८औँ वर्षमा प्रवेश गरेको छ । स्थापनाकालदेखि नै साझेदारी व्यवसायलाई मूख्य प्राथमिकता दिँदै आएको आइएमईले १८औं वर्षसम्मको व्यावसायिक यात्रामा देशभित्र करिब २० हजार व्यवसायिक साझेदारहरूको साझा संजाल निर्माण गरेकोछ । १८औँ वार्षिकोत्सवसा झेदारीको’ भन्ने मूल नाराका साथ यसपटकको वार्षिकोत्सव मनाइएको हो ।

१८औँ वर्षसम्म आइपुग्दा आइएमईले रेमिटेन्सको क्षेत्रमा आर्जन गरेको पर्यावाची नामलाई कायम राखिराखेको छ । आइएमईको शाख, प्रतिष्ठा र विश्वासलाई कायम राखिराख्न परम्परागत रेमिटेन्स सेवालाई समयानुकूल परिमार्जन गर्दै ‘आइएमई पे’मार्फत प्रविधिमैत्री डिजिटल रेमिटेन्स सेवाको समेत थालनी गरिसकेको छ ।

आम सेवाग्राहीहरूको निरन्तर विश्वासले आइएमई नेपालको स्थापित व्यावसायिक समूहमा पर्न सपmल भएको कम्पनीले जनाएको छ । रेमिटेन्स, बैङ्क तथा वित्तीय संस्था, अटोमोबाइल, सूचना प्रविधि, बीमा, उर्जा, केबलकार, हस्पिट्यालिटी लगायतका व्यवसायिक क्षेत्रमा आइएमई समूहले लगानी विस्तार गर्दै आइरहेको छ । १८औँँ वर्षसम्मको दौरानमा आइएमईले गौरवमय इतिहास बनाएको कम्पनीको दाबी छ ।

१८औं वार्षिकोत्सवका अवसरमा काठमाडौं पानीपोखरीस्थित केन्द्रीय कार्यालयमा आयोजित एक विशेष कार्यक्रममा शुभकामना दिँदै आइएमई ग्रुपका अध्यक्ष चन्द्र प्रसाद ढकालले आइएमईको व्यवसायिक यात्राको स्मरण गर्दै कुनै पनि कामप्रति समर्पण र पेशाप्रतिको इमान्दारिता हुनुपर्ने बताए ।

आइएमई ग्रुपका प्रवन्ध निर्देशक हेमराज ढकालले कर्मचारीहरूको सीप विकास र क्षमता अभिबृद्विमा विशेष ध्यान दिइएको बताउँदै प्रतिष्पर्धा आफैले आफैसँग गर्नुपर्ने बताए । प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेलले एउटा कर्मचारीका लागि आइएमई ग्रुपमा धेरै अवसरहरु भएको बताउँदै त्यो अवसरलाई उपयोग गर्ने क्षमता सवैमा विकास होस् भन्ने शुभकामना व्यक्त गरे ।

वार्षिकोत्सवका अवसरमा कार्यालय परिसरमा आयोजित रक्तदान कार्यक्रममा ९५जनाले रक्तदान गरेका छन् । कार्यक्रममा १८ औँ वार्षिकोत्सवका दिनसम्म दशवर्ष सेवाअवधि पुरा गरेका कर्मचारीहरूलाई अध्यक्ष, प्रवन्ध निर्देशक र प्रमुख कार्यकारी अधिकृतले प्रमाणपत्र सहित दोसल्ला ओढाएर सम्मान गरे ।

१८औँ वर्षसम्ममा नेपालका शहरी तथा ग्रामिण क्षेत्रलाई समेट्ने गरी १ सय ७४ आइएमई सेन्टरसहित ७५ जिल्लाका ७ हजार ५ सयभन्दा बढी सव–एजेन्ट र बैंक तथा वित्तीय संस्थाका शाखामार्फत् विदेशमा कार्यरत नेपालीहरुले दुःख गरि कमाएको रकम देशका विभिन्न भूगोलमा रहेका आफन्तको हातमा छिटो, छरितो, विश्वसनीय र सुरक्षित तवरबाट वितरण गर्दै आईरहेको छ ।

प्रतिक्रिया दिनुहोस