विभिन्न पार्टीका नेता कार्यकर्ता एमालेमा प्रवेश

सफल खबर संवाददाता

सोमबार, ०६ भदौ २०७९, १५ : ०७
विभिन्न पार्टीका नेता कार्यकर्ता एमालेमा प्रवेश

काठमाडौं । विभिन्न पार्टीका नेता कार्यकर्ता एमाले प्रवेश गरेका छन् । सोमबार एमाले केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्र, नेपाल समाजवादी पार्टी काँग्रेसका नेता कार्यकर्तालाई एमाले प्रवेश गराएका हुन् । 

नेपाल समाजवादीका उपाध्यक्ष दानबहादुर चौधरी ‘कुर्मी’, केन्द्रीय सदस्य थानेश्वर चौधरी, जीत बहादुर चौधरी, यमुना थापा मगर, सिन्धुपाल्चोकका बैकल्पिक केन्द्रीय सदस्य कमानसिंह तामाङ, आङछिरिङ शेर्पा, निमासोना शेर्पा लगायतलाई अध्यक्ष ओलीले पार्टी प्रवेश गराएका हुन् । 

कार्यक्रममा सिताराम गिरी, गणेश श्रेष्ठ, तीर्थबहादुर श्रेष्ठ, छत्र विक, श्यामबहादुर लामा, शिवकुमार घले, अजित घले, धनबहादुर श्रेष्ठ, यमबहादुर श्रेष्ठ, नारायण पहरी, बेलबहादुर श्रेष्ठ, उद्धव जोशी, मानवहादुर तामाङ, पञ्चबहादुर तामाङलगायत एमाले प्रवेश गरेका छन् ।

प्रतिक्रिया दिनुहोस