काठमाडौँ । संघीय निजामती ऐन जारी गर्न माग गर्दै सर्वोच्चका कर्मचारी आन्दोलित भएका छन्। ऐन जारी नहुँदा कर्मचारीको असर परेको भन्दै कर्मचारीहरूले धर्ना दिएका हुन्। केन्द्रीय ट्रेड युनियनको आह्वानमा आफूहरूले आन्दोलन थालेको हरि भट्टराईले जानकारी दिए।
उनका अनुसार सोमबार एक घण्टा धर्ना दिइएको छ भने १७ गतेसम्म हातमा कालोपट्टी बाँधेर काम गर्ने गरिनेछ।संघीय निजामती ऐनसँगै संयुक्त ट्रेड युनियन सञ्जालले अरू माग पनि उठाएका छन्।
उनीहरू क्षतिपूर्ति सहितको नागरिक सेवा प्रवाहको सुनिश्चितता गर तीनै तहमा कार्यरत कर्मचारीहरूलाई निजामतीको परिभाषामा समावेश गर्न, तीनै तहमा कायम हुने गरी तहगत प्रणाली लागू गर्न माग गरेका छन्।
त्यस्तै, तीनै तहमा अन्तरसम्बन्ध कायम हुने सुनिश्चिततासहित राष्ट्रिय स्तरका ट्रेड युनियन र आधिकारिक ट्रेड युनियनको व्यवस्था गर्न, राष्ट्रिय स्तरका ट्रेड युनियनहरूको सहभागितासहित पे कमिसन गठन गर्न, तीनै तहमा कार्यरत कर्मचारीहरूको समान अवधिमा वृत्ति विकासको सुनिश्चितता गर्न र अस्थायी, करार, ज्यालादारी कर्मचारीहरूको न्यायोचित व्यवस्थापन गर्न माग गरेका छन्।
उनीहरूले सबै पदका कर्मचारीहरूको पदसोपान अनुसार तलवमान कायम गर्न र संघ, प्रदेश र स्थानीय तहमध्ये एक तहबाट अर्को तहमा सेवा प्रवेश गर्दा सेवा निरन्तरता कायम गर्न आग्रह गरेका छन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०६ भदौ २०७९, १२ : ४५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पाथीभरा केबलकार निर्माणविरुद्धको रिट निवेदन सर्वोच्चबाट दरपीठ
काठमाडौँ विश्वविद्यालयका डाक्टरहरू सर्वोच्चमा
सर्वोच्चको न्यायाधीशमा सिफारिस निरौला र पाण्डेविरुद्ध उजुरी आह्वान
सर्वोच्चले सोध्यो दुर्गा प्रसाईंलाई थुनामा राख्नुको कारण
सर्वोच्चद्वारा एआईजी ज्ञवाली र ३ डीआईजीपीको रिटमा अन्तरिम आदेश दिन अस्वीकार
समानुपातिक-समावेशी कोटामा ‘एलिट क्याप्चर’ रोक्न सर्वोच्चको निर्देशनात्मक आदेश