भरतपुरको मुहार फेर्न अहोरात्र खटिरहेका छौ – मेयर रेनु दाहाल

सफल खबर संवाददाता

आइतबार, ०५ भदौ २०७९, १६ : ०९
भरतपुरको मुहार फेर्न अहोरात्र खटिरहेका छौ – मेयर रेनु दाहाल

चितवन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भरतपुरको मुहार फेर्न हरेक समय खटिएको बताएकी छिन्  । आईतबार भरतपुर–१७ मा अवस्थित धावालिङ बौद्ध गुम्बामा निर्माण भएको मूर्तिको अनावरण गर्दै मेयर दाहालले भरतपुरको जनताको मुहारमा खुसी ल्याउने गरी खटिरहेको जानकारी दिइन् ।
मेयर दाहालले विगत ५ वर्षमा पुरा हुन नसकेको अधुरा कामलाई निरन्तरता दिदै जनताको इच्छा र चाहानालाई सम्बोधन गर्दै अबको ५ वर्ष अगाडि बढ्ने प्रतिवद्धता व्यक्त समेत गरेकी छिन् । 
भरतपुर महानगरपालिकालाई नेपालकै नमुना महानगरका रुपमा स्थापित गर्न यहाँ आवश्यक पूर्वाधार निर्माण भइरहेकाले सुन्दर र सुसंस्कृति शहरका रुपमा परिचित हुने क्रममा रहेको मेयर दाहालको भनाई थियो । भरतपुरमा निर्माण भइरहेका पूर्वाधार निर्माण सम्पन्न हुदाँ देशभरबाट हेर्न आउने शहर बन्ने मेयर दाहालले बताइन् ।
मेयर दाहालका अन्ुुुसार  हेरक सुख दुःखमा स्थानीय सरकार नगरबासीका साथमा रहने विश्वास दिइन् ।महानगरबासीको इच्छा र चाहाना अनुसार विकासको कामलाई अगाडि बढाएको छौ । धेरै कामहरु गर्न बाँकी छ । ५ वर्षमा धेरै काम गर्न सकिन्छ ।’
सडक पूर्वाधार, भौतिक पूर्वाधार, कृषि, शिक्षा, स्वास्थ्य, रोजगारीको क्षेत्रमा उल्लेख्य विकास भएकाले अब जनतालाई कसरी खुसी बनाउन सकिन्छ भन्ने तर्फ महानगरपालिकाले ध्यान केन्द्रीत गरेको मेयर दाहालको भनाई थियो ।
सबै धर्म, क्षेत्र, वर्गलाई भरतपुर महानगरपालिकाले समान दृष्टिकोणबाट प्रर्वधन गर्ने नीति लिएको मेयर दाहालले स्पष्ट पारिन्।महानगरपालिकाले प्राथामिकताको आधारमा सबै क्षेत्रलाई हरेक वर्ष बजेट विनियोजन गरी विकास निर्माणको कार्यलाई अगाडि लैजाने गरेको मेयर दाहालले बताइन् ।
भरतपुरमा निर्माणधिन योजनामा जनस्तरबाट अनुगमन गर्ने, खबरदारी गरी समयमै काम सम्पन्न गराउन स्थानीयबासीले भूमिका निर्वाह गर्नुपर्ने  धारणा  मेयर दाहालको थियो ।

प्रतिक्रिया दिनुहोस