मकवानपुर-२ बाट पाँचौंपटक संसदीय निर्वाचन जित्ने दाउमा विरोध खतिवडा

सफल खबर संवाददाता

आइतबार, ०५ भदौ २०७९, १२ : २३
मकवानपुर-२ बाट पाँचौंपटक संसदीय निर्वाचन जित्ने दाउमा विरोध खतिवडा

काठमाडौं  नेकपा एकीकृत समाजवादीले मकवानपुरको क्षेत्र नम्बर २ बाट विरोध खतिवडालाई प्रतिनिधिसभाको उम्मेदवार बनाउने भएको छ । उनलाई पार्टी क्षेत्र नम्बर २ को आज बसेको बैठकले प्रतिनिधिसभा क्षेत्र नम्बर २ को उम्मेदवार बनाउन पार्टी जिल्ला कमिटीमा सिफारिस गर्ने निर्णय गरेको हो ।

समाजवादीको स्थायी कमिटी सदस्य तथा पूर्वस्वास्थ्यमन्त्री खतिवडा मकवानपुरको क्षेत्र नम्बर २ बाट लगातार ४ पटक निर्वाचित सांसद हुन् ।  आगामी १० भदौमा बस्ने पार्टी जिल्ला कमिटीको बैठकले खतिवडाको नाम प्रदेश कमिटीमा सिफरिस गर्ने निर्णय गर्ने एकीकृत समाजवादी मकवानपुरका सचिव विष्णु दाहालले जानकारी दिए ।

खतिवडा २०४८, २०५१, २०५६ र २०७४ सालमा भएको निर्वाचनमा विजयी भएका थिए । क्षेत्र नम्बर २ मा गठबन्धनको प्रमुख घटक नेपाली कांग्रेसको केन्द्रीय सहमहामन्त्री डिना उपाध्यायले  पनि दाबी गरिरहेकी छन् ।   

प्रतिक्रिया दिनुहोस