काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले आफू अन्तिमपटक संसदीय निर्वाचनमा प्रतिस्पर्धा गर्न लागेको बताएका छन् । उनले इलाम क्षेत्र नं. १ बाट प्रतिनिधिसभा निर्वाचनको उम्मेदवार रहने बताए । ‘जनतासँगको माया पिरती टुटेको छैन । ४८ सालदेखि चुनाव लड्दै आएको छु । अब एकपटक लड्छु,’ आइतबार बिहान भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग खनालले भने ।
उनले इलाम–१ बाट चुनाव जित्ने जित्ने विश्वाससमेत व्यक्त गरे । अहिले पाँच दलीय गठबन्धनबाटै निर्वाचनमा होमिने खनालले बताए । ‘गठबन्धन दृढतापूर्वक अगाडि बढ्छ,’ उनले भने, ‘एकतामै बल हुन्छ । एक्लो ढेडुको असफलता अनिवार्य छ ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०५ भदौ २०७९, ११ : ५३
लेखकबाट थप