नेकपाका अध्यक्ष प्रचण्डले भने लापरबाही गर्ने ठेकेदारलाई कडाई गर्नुपर्छ (भिडियो)

मंगलबार, २९ जेठ २०७५, ११ : ०८

 चितवन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ठेकदारलाई कारबाही गर्ने बिषयमा आफ्नो कुनै बिमति नरहेको स्पष्ट पारेका छन् ।
भरतपुर विमान स्थलमा प्रेस चौतारी र प्रेस सेन्टर संयुक्त आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा नेकपाका अध्यक्ष प्रचण्डले भने ‘ठेकदारहरुले समयमा र गुणस्तरीय काम गर्दैन भने सरकार कडाई पुर्वक जानुपर्छ ।’
समयमै गुणस्तरी काम गर्नु पर्छ भन्ने हाम्रो मान्यता छ , उनले भने ,' ठेकदारले लापरबाही गरेमा सरकारले कारबाही गर्छ । यसमा हामी कसैको बिमति छैन ।'
‘म जसको घरमा बसेको छु उहाँले राम्रो काम गर्नु भयो भने प्रोत्साहित गर्छु र लापरवाही गर्नु भएको छ भने कारबाही गर्छु । यसमा मेरो कुनै चर्चा गर्न आवश्यक नरहेको’ स्पष्ट पारे । गृहमन्त्रीलाई बोलाएर आफुले घरबेटी शारदा प्रसाद अधिकारीलाई कारबाही नगर्न भन्ने समचार भ्रमपुर्ण रहेको बताए ।

“सभामुख र उपसभामुख कुनै पनि पार्टीमा छैनन्"
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधि सभाका सभामूख र उपसभामूख अहिले कुनै पनि पार्टीमा नरहेकाले फेर्न आवश्यक नरहेको स्पष्ट पारका छन् ।
अध्यक्ष प्रचण्डले भने, ‘संविधानमा सभामूख र उपसभामूख एउटै दलको नहुने व्यवस्था छ । जतिबेला सभामूख र उपसभामूखको चुनाव भयो, त्यतिबेला उहाँहरु फरक पार्टीबाट नै त्यहाँ पुग्नुभो । अहिले सभामूख र उपसभामूख पनि कुनै पार्टीमा हुनुहुन्न । उहाँहरु दुवैले पार्टीबाट राजीनामा दिनुभएको छ ।’ उनले पार्टीमा हुँदै नभएको  सभामुख तथा उपसभामुख पार्टीकै हो भन्नुनै गलत भएको बताए ।
यस्तै अध्यक्ष प्रचण्डले कार्यकारी राष्ट्रपति देशका लागि आवश्यक रहे पनि तत्कालको एजेण्डा नभएको बताएका छन् । उनले भने, ‘कार्यकारी राष्ट्रपतिबारे हाम्रो पुरानो मान्यतामाथि औपचारिक छलफल भएको छैन । तर, तत्कालका लागि विकास, समृद्धि र सुशासन नै हाम्रो एजेण्डा हो, हामी अरु कुरामा अल्झदैनौं ।’

 

प्रतिक्रिया दिनुहोस