काठमाडाैँ । युरोपेली युनियनका राजदूतहरूको प्रतिनिधिमण्डलले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई भेटवार्ता गरेको छ । संयुक्त राष्ट्रसंघ, अमेरिका, बेलायत, अस्ट्रेलिया, जर्मनी, स्विजरल्यान्ड युरोपेली युनियनका राजदूतहरूको प्रतिनिधिमण्डलले आज बिहान अध्यक्ष दाहाललाई भेट्न खुमलटार पुगेको हो ।
दाहालका स्वकीय सचिव रमेश मल्लका अनुसार भेटमा राजदूतहरूले नेपालको शान्ति प्रक्रिया टुंगोमा पुग्दै गरेकोमा खुसी व्यक्त गरेका थिए । त्यस्तै भेटमा उनीहरूले गम्भीर मानव अधिकार उल्लङ्घनका घटना र पीडितहरूको पुनरावेदनको अधिकारबारे पनि चासो व्यक्त गरेका थिए ।
विस्तृत शान्ति सम्झौता र सङ्क्रमणकालीन न्यायका संवेदनशीलताप्रती राजनीतिक तहमा गम्भीर छलफल भएको, सर्वोच्च अदालतको आदेश, पीडितको आवाज र अन्तर्राष्ट्रिय चासोलाई ध्यान दिएर यो प्रक्रियालाई टुंगोमा पुर्याउन सफल हुने विश्वास व्यक्त गरे ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०४ भदौ २०७९, १४ : ११
लेखकबाट थप