नेता गिरि आइसियूमा

सफल खबर संवाददाता

शुक्रबार, ०३ भदौ २०७९, १९ : ०७
नेता गिरि आइसियूमा

काठमाडौं । उपचाररत नेता प्रदीप गिरिको सघन उपचार कक्ष (आइसियू)मा राखेर उपचार भइरहेको छ। स्वास्थ्यमा थप समस्या देखिएपछि मेडिसिटी अस्पतालको आइसियूमा राखिएको उपचार भइरहेको उनको परिवारका एक सदस्यले जानकारी दिए ।

भारतको मुम्बईमा घाँटीको क्यान्सरको उपचार गराएर फर्कंदै गर्दा सामान्य न्युमोनिया देखिएपछि गिरि मेडिसिटी अस्पतालमा भर्ना भएका थिए । गत मंगलबार कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा पनि गिरिको स्वास्थ्य अवस्थाबारे जानकारी लिन अस्पताल पुगेका थिए । 

प्रतिक्रिया दिनुहोस