देउवाविरुद्ध ८० वर्षीय कर्णसिंंहले उम्मेदवारी दिने

सफल खबर संवाददाता

शुक्रबार, ०३ भदौ २०७९, १६ : २२
देउवाविरुद्ध ८० वर्षीय कर्णसिंंहले उम्मेदवारी दिने

काठमाडौँ । डडेल्धुराका कर्णसिंह रावल (मम्याल)ले यसपालि पनि प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाविरुद्ध उम्मेदवारी दिने घोषणा गरेका छन् । आगामी ४ मंसिरमा हुने निर्वाचनमा कर्णसिंहले संघीय सांसदको उम्मेदवार बन्ने घोषणा गरेका हुन् । 

कर्णसिंहले विभिन्न तीनबुद्धे घोषणापत्रसमेत सार्वजनिक गरेका छन् । पश्चिम सेती जलविद्युत् परियोजना सफल पार्ने, प्रदेश राजधानी डडेल्धुरा लैजाने र मेडिकल कलेज सञ्चालन गर्ने विषय उनको घोषणापत्रमा उल्लेख छ । 

उमेरले ८० पुगेका कर्णसिंहले देउवाविरुद्ध चौथो पटक उम्मेदवारी दिनुलाई कसैले हास्यास्पद भएको प्रतिक्रिया दिएका छन् भने कसैले उनको यो कदमलाई साहसिक काम पनि भनेका छन् ।

प्रतिक्रिया दिनुहोस