रुसले कब्जा गरेको आणविक प्लान्ट ‘जापोरिजिया’ को सुरक्षाका लागि गुहार

सफल खबर संवाददाता

शुक्रबार, ०३ भदौ २०७९, १५ : ५०
रुसले कब्जा गरेको आणविक प्लान्ट ‘जापोरिजिया’ को सुरक्षाका लागि गुहार

काठमाडौँ । संयुक्त राष्ट्र संघका प्रमुख, टर्की र युक्रेनका राष्ट्रपतिहरूले रुससँग चलिरहेको युद्धको अन्त्य कसरी गर्ने भनेर छलफल गरेका छन् । यससँगै उनीहरुले युरोपको सबैभन्दा ठूलो आणविक ऊर्जा केन्द्र ‘जापोरिजिया’लाई सुरक्षित गर्न गुहार मागेका छन् । 

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले युक्रेनको लवीवमा पत्रकारहरूसँग कुरा गर्दै उनले ‘जापोरिजिया’ आणविक प्लान्टको अवस्थाप्रति चिन्ता व्यक्त गरेका थिए । उनले यहाँबाट हतियारसहित सैनिक फिर्ता लिन आग्रह गरेका छन् ।

टर्कीका राष्ट्रपति रिसेप तैयप एर्दोगानले भने, 'गुटेरेस र युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीसँग उनले शान्तिको पुनर्स्थापनाको बारेमा कुरा गरे ।' यो कुराकानी मार्चमा इस्तानबुलमा भएको थियो । गुटेरेससँगको भेटपछि जेलेन्स्कीले अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (युएन) आणविक निगरानी संस्थाको प्लान्टमा सम्भावित मिसनका लागि मापदण्डमा सहमत भएको बताए । 

'रूसले तुरुन्तै जापोरिजिया आणविक प्लान्टमा तैनाथ आफ्ना सेनाहरूलाई बिना शर्त फिर्ता लिनुपर्छ र यहाँ बम विष्फोट रोक्नु पर्छ,' जेलेन्स्कीले भने । भेटमा तीन नेताले जापोरिजिया आणविक प्लान्टमा हुने आणविक दुर्घटनाबाट बच्ने महत्वबारे छलफल गरेका थिए । 

यस बैठकमा संयुक्त राष्ट्रका महासचिव एन्टोनियो गुटेर्रेसले आणविक प्लान्टमा क्षति पुग्यो भने त्यो आत्महत्याजस्तै हुने बताए । यसै क्रममा टर्कीका राष्ट्रपति एर्दोगानले आणविक केन्द्रमा क्षति पुगे अर्को चेर्नोबिल साबित हुन सक्ने बताएका छन् । 

टर्की उत्तर एट्लान्टिक सन्धि संगठन (नाटो) को सदस्य हो, जसले युद्धमा युक्रेनको साथ दिएको थियो । युक्रेनी राष्ट्रपतिको वेबसाइटका अनुसार बैठकमा, टर्कीले सडक र पुलहरू सहित युक्रेनको पूर्वाधार पुनर्निर्माणमा मद्दत गर्न सहमत भएको छ ।

प्रतिक्रिया दिनुहोस