कामना सेवा विकास बैंकद्वारा मर्चेण्ट बोनस योजना सार्वजनिक

सफल खबर संवाददाता

शुक्रबार, ०३ भदौ २०७९, १५ : ०७
कामना सेवा विकास बैंकद्वारा मर्चेण्ट बोनस योजना सार्वजनिक

काठमाडौं । कामना सेवा बिकास बैंकले आफ्ना फोन पे क्युआर मर्चेण्ट हरुलाई डिजिटल भुक्तानी गर्न प्रेरित गर्नको लागि मर्चेण्ट बोनस योजना ल्याएको छ । यो योजना बैंकले आफ्ना पे क्युआर मर्चेण्टहरुलाई डिजिटल भुक्तानी लिन प्रेरित गर्नको लागि ०१ भाद्र०७९ देखि सुरु गरेको छ ।


कारोबारमा बोनसको बहार, मर्चेण्ट हरुलाई कामना सेवाको उपहार” योजना अन्तर्गत क्युआर मर्चेण्टहरुले क्युआर प्रयोग गरी पहिलो भुक्तानी लिएमा भुक्तानी रकमको १५% वा रु.५०र– सम्म बोनस बापत आफ्नो कामना सेवा बैंकमा रहेको आफ्नो खाता मार्फत प्राप्त गर्न सक्नेछन् ।बैंकले डिजिटल कारोबार लाई प्रबर्धन गर्ने उद्देश्यले यो योजना ल्याएको हो । साथै यस योजनाले नेपाल राष्ट्र बैंकले घोषणा गरेको डिजिटल पेमेन्ट इअर लाई टेवा पु¥याउने बैंकले विश्वास लिएको छ ।

प्रतिक्रिया दिनुहोस