वस्तु निर्यात बढाउदै सरकार

सफल खबर संवाददाता

शुक्रबार, ०३ भदौ २०७९, १५ : ०४
वस्तु निर्यात बढाउदै सरकार

काठमाडौं ।गत आर्थिक बर्ष २०७८÷७९ मा कुल बस्तु निर्यात ४१.७ प्रतिशतले वृृद्धि भएर दुई खर्ब ३ करोड रुपैयाँ पुगेका छ । अघिल्लो बर्ष यस्तो निर्यात ४४.४ प्रतिशतले वृद्धि भएको थियो । नेपालले मुख्य गरी २० प्रकारका बस्तु निर्यात गर्दै आएको छ ।

नेपालले निर्यात गर्ने बस्तुमध्ये सोयाबिन तेलको हिस्सा सबैभन्दा बढी छ । कुल निर्यात भएका बस्तुमध्ये सोयबिन तेलको हिस्सा २४.१ प्रतिशत छ । गत आवमा नेपालले ४८ खर्ब रुपैयाँ बराबरको निर्यात गरेको छ । तर, यो अघिल्लो आवको तुलनामा १० प्रतिशतले घटेको हो । पाल तेलको हिस्सा भने २०.५ प्रतिशत छ । गत आव ४१ अर्ब ६ करोड रुपैयाँ बराबरको निर्यात भएको छ । उलन कार्पेटको हिस्सा ४.८ प्रतिशत छ । अघिल्लो बर्षको तुलनामा ३२.१ प्रतिशतले बढी हो । नेपालले नौ अर्ब ६५ करोड रुपैयाँ बराबरको निर्यात गरेको छ । पोलिस्टरको हिस्सा भने ४.८ प्रतिशत छ । अघिल्लो बर्षको तुलनामा २९.६ प्रतिशतले बढी हो ।
राष्ट्र बैंकको तथ्यांक अनुसार मुख्य २० वटा बस्तुमात्रै एक खर्ब ५७ अर्ब रुपैयाँको निर्यात भएको छ । यो रकम अघिल्लो आवको तुलनामा ४२ प्रतिशतले बढी हो । यि २० वटा बस्तुको हिस्सा मात्रै ७८.७ प्रतिशत छ । त्यस्तै ४२ अर्ब रुपैयाँ बराबरको अन्य बस्तु निर्यात गरेको छ । यो रकम अघिल्लो बर्षको तुलनामा ४०.७ प्रतिशतले बढी हो ।

प्रतिक्रिया दिनुहोस