अवैध रूपमा बालुवा, गिट्टी उत्खनन् गर्ने ६ वटा गाडी प्रहरीको नियन्त्रणमा

सफल खबर संवाददाता

शुक्रबार, ०३ भदौ २०७९, १५ : ०१
अवैध रूपमा बालुवा, गिट्टी उत्खनन् गर्ने ६ वटा गाडी प्रहरीको नियन्त्रणमा

काठमाडौँ । धनुषा प्रहरीले अवैध रूपमा बालुवा, गिट्टी उत्खनन् गर्ने ६ वटा सवारी साधनहरू नियन्त्रणमा लिएको छ । विशेष सूचनाका आधारमा प्रहरीचौकी चिसापानी धनुषाबाट खटेको टोलीले जिल्लाको गणेशमानचारनाथ नगरपालिका–५ कमला खोलाबाट ती सवारी साधन नियन्त्रणमा लिएको हो । 

मापदण्डविपरीत अवैध रूपमा बालुवा, गिट्टी उत्खनन् गरिरहेको अवस्थामा ज.१ त. ८५०५, स.१ त. ७६३७, प्रदेश २–०२–००१ त. १५३६, प्रदेश २–०२–००३ त. ४४४१, प्रदेश २–०३–००१ त. १३५६ र प्रदेश २–०१–००१ त. ०४६४ नम्बरको ट्याक्टर नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए । 

नियन्त्रणमा लिइएका सवारी साधनलाई आवश्यक कारवाहीका लागि गणेशमानचारनाथ नगरपालिकाको कार्यालयमा पठाई जनही ५ हजारका दरले जरिवाना तिराएर छाडिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस