गोटावाय राजापाक्षले दिए अमेरिकी ‘ग्रिनकार्ड’का लागि आवदेन

सफल खबर संवाददाता

शुक्रबार, ०३ भदौ २०७९, १४ : १६
गोटावाय राजापाक्षले दिए अमेरिकी ‘ग्रिनकार्ड’का लागि आवदेन

काठमाडौँ । श्रीलंकाका पूर्वराष्ट्रपति गोटावाय राजापाक्षेेले अमेरिकी ‘ग्रिनकार्ड’का लागि आवेदन दिएका छन् । देशमा गत जुलाईमा भएको जनआन्दोलनका कारण पद र देश छाडेर भागेका गोटावायले अमेरिका बस्नेगरी आवेदन फाराम भरेको जनाइएको छ । उनले आफूसँगै श्रीमती र छोराका लागि पनि आवेदन दिएको समाचारमा उल्लेख गरिएको छ । 

श्रीलंकाको तर्फबाट रुसका लागि पूर्वराजदूत उदयाङगा विरातुङ्गाले उनी अमेरिका जाने तयारीमा रहेको जानकारी दिए । पूर्वराष्ट्रपति गोटावायसँग निकट मानिने विरातुङ्गाले थाइल्याण्ड फर्किने उनको योजना रद्द भइसकेको पनि बताए । पहिला उनले नोभेम्बरसम्म थाइल्याण्डमै बस्ने योजना बनाएका थिए ।

तर कानुन व्यवसायीसँगको परामर्शपछि उनी यही महिनाको अन्त्यमा श्रीलंका फर्किने निर्णयमा पुगेको डेलि मिरर पत्रिकाले लेखेको छ । उच्च श्रोतहरुलाई उल्लेख गर्दै लेखिएको समाचारमा गत महिनादेखि नै उनले अमेरिका जाने प्रक्रिया सुरु गरेको उल्लेख गरिएको छ । उनकी श्रीमती आइओमा राजापाक्षेले अमेरिकाको नागरिकता लिने तयारी गरेकी छन् ।

उनीहरुको यस प्रक्रियामा कोलम्बो र अमेरिकामा रहेका कानुन व्यवसायी संलग्न भएर काम गरिरहेका छन भने कोलम्बोबाट पनि विभिन्न कागजपत्रहरु प्रयोग गरिएका छन् । 

प्रतिक्रिया दिनुहोस