बलात्कार आरोपी कराँते प्रशिक्षक सुवेदी र राउतविरुद्ध मुद्दा दर्ता

सफल खबर संवाददाता

शुक्रबार, ०३ भदौ २०७९, १३ : ०६
बलात्कार आरोपी कराँते प्रशिक्षक सुवेदी र राउतविरुद्ध मुद्दा दर्ता

काठमाडौँ । बलात्कार आरोपमा पक्राउ परेका दुई कराँते प्रशिक्षकविरुद्ध मुद्दा दर्ता भएको छ । बिहीबार जिल्ला सरकारी वकिलको कार्यालयले सामूहिक बलात्कारको आरोपमा पक्राउ परेका कराँते प्रशिक्षक विराटनगर–३ का ५० वर्षीय विनोद राउत र विराटनगर–४ का सुरज सुवेदीविरुद्ध मुद्दा दायर गरेको हो । 

सरकारी वकिलको कार्यालयले उनीहरुविरुद्ध सामूहिक जबरजस्ती करणी मुद्दा दायर भएको अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले जानकारी दिए । उनका अनुसार अदालतमा सो मुद्दाको प्रक्रिया आइतबारदेखि अघि बढ्ने छ । ‘आइतबार गोला हुन्छ त्यसपछि बयान हुन्छ र थुनछेक बहस हुन्छ ।’ उनले भने । 

विराटनगरको एक होटलमा लगेर १९ वर्षीय किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा उनीहरूलाई साउन ८ गते प्रहरीले पक्राउ गरेको थियो । पक्राउ परेका राउत राष्ट्रिय खेलकुद परिषद् मोरङको कराँते प्रशिक्षक हुन् । सुवेदी संखुवासभाको कराँते प्रशिक्षक रहेको जनाइएको छ । विराट हेल्थ कलेज अनुशासन विभागका प्रमुखसमेत रहेका सुवेदीले छात्रालाई पटक–पटक बलात्कार गरेको आरोप छ । होटलमा बोलाएर किशोरीलाई जबरजस्ती करणी गरेको आरोप लागेका प्रशिक्षकद्वयले किशोरीको भिडियोसमेत बनाएको आरोप छ ।

प्रतिक्रिया दिनुहोस