भारत भ्रमणका लागि न्यूजिल्यान्ड ‘ए’ को टोली घोषणा

सफल खबर संवाददाता

शुक्रबार, ०३ भदौ २०७९, १२ : ४२
भारत भ्रमणका लागि न्यूजिल्यान्ड ‘ए’ को टोली घोषणा

काठमाडौँ ।  आगामी भारत भ्रमणका लागि न्यूजिल्यान्ड ‘ए’ ले अन्तर्राष्ट्रिय क्रिकेट अनुभव हासिल गरेका खेलाडीलाई आफ्नो टोलीमा समावेश गरेको छ। 

क्यान्टरबरीका ओपनर टम ब्रुस र अकल्याण्डका रोबी ओडोनेललाई एक महिना लामो भ्रमणका लागि सह-कप्तान नियुक्त गरिएको छ। रोब वाल्टरले कोचिङ समूहको नेतृत्व गर्नेछन् भ्रमणमा तीन प्रथम श्रेणी खेल र तीन एकदिवसीय खेल हुनेछ। 

प्रथम श्रेणीका खेलहरू सेप्टेम्बर १ देखि १८ सम्म बैंग्लोरमा खेलाइनेछन् भने एकदिवसीय खेलहरू सेप्टेम्बर २२ देखि २७ सम्म चेन्नईमा हुनेछन्। 

न्यूजिल्याण्ड ‘ए’ टोली अगस्ट २६ मा भारत प्रस्थान गर्नेछ।प्रमुख छनोटकर्ता गेभिन लार्सनले यो भ्रमणले खेलाडीहरूलाई अर्को वर्ष भारतमा हुने एकदिवसीय विश्वकपअघिको अवस्था बुझ्न मद्दत गर्ने बताए।

लार्सनले भने, ‘विभिन्न अवस्थामा खेलाडीहरू हेर्ने यो ठूलो अवसर हो। भविष्यको उपमहाद्वीप भ्रमण र आईसीसीका प्रतियोगिताका लागि हाम्रो स्पिन समूहको अवस्था बुझ्ने यो ठूलो अवसर हो। भारत भ्रमण कुनै पनि क्रिकेटरका लागि उत्कृष्ट अनुभवहरू मध्ये एक हो।’

भारत भ्रमणका लागि न्यूजिल्याण्ड ‘ए’ टोली: 
टम ब्रुस (कप्तान), रोबी ओडोनेल (कप्तान), चाड बोवेस, जो कार्टर, मार्क चैपम्यान, डेन क्लीभर (विकेटकिपर), ज्याकब डफी, म्याट फिशर, क्यामरन फ्लेचर (विकेटकिपर), बेन लिस्टर, रचिन रविन्द्र, माइकल रिप्पन, शन सोलिया, लोगान भ्यान बेक, जो वाकर

प्रतिक्रिया दिनुहोस