काठमाडौँ । उच्च ज्वरो र रुगाखोकीको लक्षण देखिएपछि स्वास्थ्य परीक्षण गर्दा बैतडी कारागारका १६ जना कैदीबन्दीमा कोरोना संक्रमण देखिएको छ ।
कैदीबन्दीमा उच्च ज्वरो र रुघाखोकीको लक्षण देखिए पछि कारागारमा स्वास्थ्यकर्मी बोलाएर परीक्षण गर्दा १६ जनामा कोरोना संक्रमण देखिएको हो ।बुधवार ४ जनाको पिसिआएर परीक्षण गर्दा कोरोना पुष्टि भए पछि बिहीबार सबै कैदीबन्दी बन्दीको परीक्षण गरिएको थियो, जसमा थप १२ जनामा कोरोना पुष्टि भएको जेलर धारा भण्डारीले जानकारी दिए ।
उनका अनुसार २५ जना क्षमता रहेको उक्त कारागारमा ९३ जना कैदी बन्दी रहेका छन्, जसका कारण कोरोना संक्रमितलाई अलग्गै व्यवस्थापन गर्न सकस भइरहेको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०३ भदौ २०७९, ११ : ५६
लेखकबाट थप