तीजमा भड्किलो र खर्चिलो कार्यक्रम गरे कारबाही गर्ने चितवन प्रशासनको चेतावनी

सफल खबर संवाददाता

विहीबार, ०२ भदौ २०७९, १६ : ५७
तीजमा भड्किलो र खर्चिलो कार्यक्रम गरे कारबाही गर्ने चितवन प्रशासनको चेतावनी

चितवन । जिल्ला प्रशासन कार्यालय चितवनले महिलाहरुको पर्व हरितालिका तीज भड्किलो नबनाउन अनुरोध गरेको छ ।  आज एक सूचना जारी गरी प्रशासनले परम्परा र सामाजिक रितिरिवाजलाई निरन्तरता दिने बाहेक कुनै खर्चिलो र भड्किलो तीज नमनाउन सो अनुरोध गरेको हो ।

प्रशासनले सूचनामा सामाजिक सुधार ऐन र नियमावली–२०३३ अनुसार चितवनमा सुसंस्कार कायम गर्न राजनीतिक दल, नागरिक समाज, पेसागत संघसंस्था, सञ्चारकर्मीहरु, महिला सञ्जाल र सम्पूर्ण जिल्लाबासीमा अनुरोध गरेको छ । ऐन नियमको विपरित हुने गरी कसैले अनावश्यक भड्किलो रुपमा तामझाम, तडकभडक र खर्चिलो हुने गरी तीज कार्यक्रम गराएमा कानुन बमोजिम कारबाही हुने प्रमुख जिल्ला अधिकारी आस्मान तामाङद्वारा हस्ताक्षरित सूचनामा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस