बलात्कार आरोपी क्याम्पस प्रमुख नेगी कारागार चलान

सफल खबर संवाददाता

विहीबार, ०२ भदौ २०७९, १४ : १२
बलात्कार आरोपी क्याम्पस प्रमुख नेगी कारागार चलान

काठमाडौँ । बलात्कारको आरोप लागेका बैतडीको पुर्चौंडी बहुमुखी क्याम्पसका प्रमुख राजेन्द्रसिंह नेगीलाई कारागार चलान गरिएको छ । जिल्ला अदालतले नेगीलाई पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको हो ।

कैलालीकी एक महिलाले इलाका प्रहरी कार्यालय पाटन बैतडीमा उनि विरुद्ध जबरजस्तीकरणी मुद्दा दर्ता गरेकी थिइन् । कैलाली घर भइ बैतडीको पुर्चौंडीमा ज्याला मजदुरी गर्दै आएकी ती महिलामाथि क्याम्पस प्रमुख नेगीले बलात्कार गरेको आरोप लागेको थियो ।

२० असारमा पानी माग्ने निहुँमा महिलामाथि नेगीले बलात्कार गरेको आरोप बताइएको छ । आरोप लागेपछि क्याम्पस प्रमुख नेगीले असार २७ गते नै पदबाट राजीनामा दिइसकेका छन् ।  

प्रतिक्रिया दिनुहोस