चीनमा बाढीमा परेर १६ जनाको मृत्यु

सफल खबर संवाददाता

विहीबार, ०२ भदौ २०७९, १३ : ५७
चीनमा बाढीमा परेर १६ जनाको मृत्यु

काठमाडौँ । चीनको उत्तर पश्चिमी क्षेत्रमा अचानक आएको अविरल वर्षापछिको बाढी र पहिरोमा कम्तीमा १६ जनाको मृत्यु भएको छ भने दर्जनौं बेपत्ता भएका छन् । छिङहाई प्रान्तको दाटोङ काउन्टीको पहाडी क्षेत्रमा आएको बाढीबाट ६ वटा गाउँका ६ हजार २ सयभन्दा बढी मानिस प्रभावित भएको चिनियाँ सञ्चार माध्यम सिसिटिभीले जनाएको छ ।

‘बिहीबारसम्म १६ जनाको मृत्यु भएको छ भने ३६ जना हराइरहेका छन्’, उक्त सञ्चार माध्यमले भन्यो । सामान्यतया चीनमा चरम गर्मी मौसमको समयमा आउँछ । अधिकांश सहरको तापक्रम तीव्र बढेको छ । 

सरकारी सञ्चार माध्यमले प्रकाशित गरेको एउटा भिडियोमा  माटोले ढाकिएका सडक, ढलेका रूख, क्षतिग्रस्त घरहरू र बाढीमा हराइरहेका व्यक्तिको खोजीमा खटिएका उद्धारकर्मीलाई देख्न सकिन्छ । वैज्ञानिकहरूले जलवायु परिवर्तनका कारण विश्वभर तापक्रम बढ्दै गएको बताउँदै आएका छन् । 

प्रतिक्रिया दिनुहोस